घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार ११:१८:४९
१ असार, काठमाडौं । सशस्त्र प्रहरीकाे घुमुवा समूहले डिउटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको घटनाले उग्ररुप लिएपछि सशस्त्र प्रहरी मुख्यालयले छानविन समिति बनाएको छ ।
झापाको मेचीनगर सीमाक्षेत्रमा प्रहरी निरीक्षकको घुमुवा टोलीले केही दिन अघि डिउटीमा खटिएको टोलीमाथि आक्रमण गरेको थियो । सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई र जवानहरू रामसुन्दर तामाङ तथा जीवन बाँस्तोलाको समूहले डिउटीमा खटिएका प्रहरीलाई कुटपिट गरेका हुन् ।
सो कुटपिट गरेपछि गणपति देवराज अर्यालले पनि चासो नदिएको तर बाहिनीपति डीआईजी अञ्जनीकुमार पोखरेल आफैले खटाएका घुमुवाहरुले कुटपिट गर्दा मुकदर्शक भएर बसेका थिए । ‘अनुगमनका लागि गएका भनिएपनि डिआईजीका घुमुवाहरुले पैसा उठाउन खोजेका थिए’, स्रोतले भन्यो ।
राई नम्बर १ बराह बाहिनीबाट निरीक्षणका लागि सादा पोशाकमा खटिएको खुलेको छ । राईले ड्युटी राम्रो नगरेको भन्दै झापाको मेचीनगरस्थित नेपाल–भारत सीमा नकलबन्दामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवानमाथि सार्वजनिक स्थानमै कुटपिट गरेका थिए ।
उनीहरूको कुटपिटबाट सशस्त्र प्रहरी बल नकलबन्दा बीओपीका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सहायक हवल्दार शान्तबहादुर राई, हवल्दार रामबहादुर कार्की, गणेश तामाङ र जवान उमेश राजवंशी घाइते भएका थिए । निरीक्षक राईको टोलीले उनीहरूलाई मेची नदीको पानीमा चोबल्दै भाटाले हानेका थिए ।
सो घटनालाई लिएर मुख्यालयले छानबिन समिति बनाएको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको अध्यक्षतामा मुख्यालयले छानबिन समिति बनाएको छ । झापा मेचीनगर ४ स्थित नेपाल भारत सीमा नकलबन्दामा मंगलबार राति ड्युटीमा रहेका सशस्त्र प्रहरी बलका कर्मचारीलाई सादा पोशाकमा खटिएका प्रहरी निरीक्षकसहितको टोलीले कुटपिट गरेको थियो । सोही घटनाबारे छानबिन गर्न एआईजी गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यसअघि सोही घटनाको छानबिनका लागि कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईको अध्यक्षतामा समेत समिति बनेको थियो । कोशी प्रदेशको कमाण्ड अहिले सशस्त्र प्रहरीका डीआईजी पोखरेलले गरेका छन् । सशस्त्र मुख्यालयले उनीमाथि पनि छानविन गर्ने जनाएको छ । साथै मुख्यालयले इन्स्पेक्टर राईलाई सेवाबाट हटाउने तयारी थालेको छ ।
यसअघि पनि सोही क्षेत्रबाट डीआईजी पोखरेलले आर्थिक आम्दानीका लागि भन्दै घुमुवा परिचालन गरेका थिए । भनेको रकम नदिएको भन्दै डीएसपी सुमन शर्मालाई स्याउ काण्ड लगाएर हटाएको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प
जेठ ८, २०८१ मंगलबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार