अस्ट्रेलियाली सांसदमाथि यौन उत्पीडन, सांसद थोर्पेले रूदैँ भनिन्- महिलाका लागि संसद सुरक्षित छैन
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार ९:३०:४४
१ असार, एजेन्सी । अस्ट्रेलियाकी एक महिला सांसदले आफ्नी सहकर्मीमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाएकी छन् ।
सांसद लिडिया थोरपेले रुँदै संसद भवन महिलाका लागि सुरक्षित ठाउँ नभएको बताइन् । सिनेटको सम्बोधनमा महिला सांसदले आफ्नो कुरा रूदैँ राखेकी हुन । महिला सांसदले अहिले संसद भवनको कोठाबाट बाहिर निस्कँदा पनि धेरै कुरामा ख्याल गर्नुपर्ने अवस्था आएको बताइन् ।
थोरपेले बिहीबार संसदमा जानकारी दिए अनुसार उनीमाथि संसदमा केही शक्तिशाली व्यक्तिहरूले अभद्र टिप्पणी गरेका थिए, उनलाई सिँढीको छेउमा अनुपयुक्त रूपमा छुने काम गरेका थिए ।
उनका अनुसार सो कार्य कन्जरभेटिभ पार्टीका सांसद डेभिड भानले गरेका हुन । थोरपेका अनुसार उनलाई सहकर्मी सांसद माथि लगाएको आरोप फिर्ता लिन दबाब दिएको समेत बताइन ।
तर, सांसद भानले भने थोर्पेले लगाएको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै आएका छन्। सहकर्मी सांसद थोर्पले लगाएको यौन दुर्व्यवहारको आरोपबाट आफू स्तब्ध भएको उनको प्रतिक्रिया छ । साथै, उनले थोर्पले लगाएका सबै आरोप झुटा भएको समेत सञ्चारकर्मीलाई बताएका छन् ।
यद्यपि, थोर्पको आरोपपछि लिबरल पार्टीले डेभिड भान्कोलाई निलम्बन गरेको थियो । जानकारीका अनुसार यस विषयमा डेभिड भानलेले वकिलको पनि सहयोग लिएका छन् ।
सांसद थोर्पले यस प्रकारको यौन दुर्व्यवहार सिकार भएका धेरै महिला सांसदहरू रहेको दाबी गरेकी छन् । ती सांसदले भनिन्, ‘मानिसहरूले मलाई लगातार पछ्याए। मलाई धेरै प्रस्तावहरू दिइयो र अनुपयुक्त रूपमा छुइयो।’ उनका अनुसार संसद बाहिर निस्कन पनि डराउनु पर्ने अवस्था देखियो ।
बाहिर निस्कनुअघि अलिकति ढोका खोल्ने र बाटो खुलेपछि मात्र बाहिर निस्कने गरेको उनले बताइन् । उनले थप भनिन, ‘धेरै पटक यस्तो अवस्था आयो कि मलाई बाहिर जानको लागि साथ दिने अब कोही चाहिन्छ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार