सर्वोच्चको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार ११:२०:१
१ असार, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई अनुमोदन गरेको छ । सुनुवाइ समितिको शुक्रबारको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले स्वीकृत गरिएको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।
संसदीय सुनुवाइ समितिले बिहीबार र शुक्रबार प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीसँग कार्य योजना लिने र प्रश्नोत्तर गरेको थियो । संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीशसहितका २९ वटा उजुरी परेका थिए ।
कार्की सर्वोच्च अदालतमा छोटो कार्यकाल नेतृत्व गर्नेछन् । ८ महिना कायममुकायम भएर सर्वोच्चको नेतृत्व गरेका उनी साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन् । सुनुवाइका क्रममा उजरी कर्ता न्यायाधीश श्रीकृष्ण भट्टराईको विषयमा प्रश्न राखेपछि उनले न्याय परिषदले गम्भीरतापूर्वक छानबिन गर्ने बताए । न्यायाधीशको अनुशासनमा रहेको हो कि होइन भन्ने विषयमा न्यायपरिषदमा नै कुरा हुने उनको भनाइ थियो ।
जिल्ला अदालत अर्घाखाँचीमा कार्यरत न्यायाधीश श्रीकृष्ण भट्टराईले प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध उजुरी मात्रै दर्ता गरेको नभइ संसदीय सुनुवाइ समितिलाई समेत प्रभावित पार्ने खोजेको सांसदहरूले बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
नयाँ पाटी गठनमा लागेका भीम रावलले पत्रकार सम्मेलन गर्दै
पुष १७, २०८१ बुधबार
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
पुष १७, २०८१ बुधबार
१८ वर्षपछि सडक कालोपत्र गरिँदै
पुष १७, २०८१ बुधबार
विवाहमा पञ्चेबाजा बजाउँदै आमा समूह: राम्रो कमाई, मङ्सिर र माघमा भ्याइनभ्याइ !
पुष १७, २०८१ बुधबार
जैविक मल बनाएर २५ रुपैयाँ केजीमा बेच्दै विनयी त्रिवेणी गाउँपालिका
पुष १७, २०८१ बुधबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार