बर्दगोरियामा एक मुर्तिसहित पुरातत्विक भग्नावशेष भेटियो
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार ११:४४:२०
१ असार, नवलपरासी 'बर्दघाट सुस्ता पश्चिम' । पश्चिम नवलपरासीको बाबा बर्दगोरिया मन्दिर आसपासमा एक मुर्तिसहित पुरातत्विक भग्नावशेष भेटिएको छ । सुनवल नगरपालिका–११ को केरवानीमा रहेको सो स्थानमा ऐतिहासिक देवीको शिला र पुरातत्विक भग्नावशेष भेटिएको हो । धेरै पुरानो उक्त मन्दिरमा करिब दुई हप्तादेखि पुरातत्व विभागले अध्ययन अनुसन्धान गरिरहेको छ ।
विभागका पुरातत्वविद् तथा पुरातत्व शाखा प्रमुख भाष्कर ज्ञवालीका अनुसार अनुसन्धानमा शिखर शैलीको देवीको मूर्ति र विभिन्न वास्तुकलाका अंश जसमा आर्म लक, गजुर, एस्टी, वेस, कार्नेस, पिलरलगायत वस्तु भेटिएको र नदीको छेउमा इनार भेटिएको छ । ट्रेन्च लेआउटको प्रविधिमा अध्ययन गरिएको अनुसन्धानमा जमिनमुनि एउटा विण प्रवेश गराएर गरिएको अन्वेषण गरिएको थियो । विण प्रवेशमा अवरोध आएपछि त्यो ठाउँमा उत्खनन गर्दा ती संरचना भेटिएको उनको भनाइ थियो ।
खासगरी पर्खाल लगाउने बेलामा मूर्ति भेटिएपछि श्री बाबा बर्दगोरीया धाम विकास संस्थाले त्यहाँ अनुसन्धान गर्न अनुरोध गर्दा उक्त पुरातत्वविद् ज्ञवालीका टोलीले सहयोग पु¥याएको र त्यहाँ अझ धेरै अवशेष हुनसक्ने अनुमान गरिएको ज्ञवालीले उनले उल्लेख गरे ।
विशेष गरी मन्दिरको दक्षिणपट्टि धेरै नै संरचना रहेको अनुमान गरिएको छ । उक्त मन्दिर नजिकै रहेको नदीले केही भग्नावशेषलाई क्षति पु¥याई बगाएको पनि छ । नदीकै छेउमा प्राचीनकालको इनार 'कुँवा' र शिला पनि भेटिएको थियो ।
अहिले भेटिएको संरचना १३÷१४औँ वा १५÷१६औँ शताब्दीको हुनसक्ने अनुमान गरिएको छ । अन्वेषणको काम बाकी रहेकाले कति शताब्दीको भन्ने विषयमा यकिन गर्न सकिएको छैन । विसं २०५२ मा पुरातत्व विभागले खोला 'नदी' को किनारमा भेटेको ताम्रपत्रमा अङ्क उल्लेख नभएकाले शताब्दी छुट्यान गाह्रो भए पनि आदित्य वैरौदायित्य माधव उल्लेख भएकाले सम्भवत विक्रमसंवत् १२१२ शताब्दीतिरको हो भन्ने अनुमान गरिएको छ । जहाँ तत्कालीन राजाको नाम महाराजधिराज जयादित्य देव र उनका वंशलगायत अन्य व्यक्ति पनि उल्लेख गरिएको छ ।
यस्तै श्री बाबा बर्दगोरीया धाम विकास संस्था मन्दिरको अध्यक्ष नरपति पाण्डेले यस्तो पुरातत्विक ठाउँको विकास गर्न अतिआवश्यक रहेको बताए । कतिपय स्थानीयवासीको छेउछाउमा रहेका भग्नावशेषलाई बाढीले क्षति पु¥याएका बखत पुरातात्विक वस्तु भेटिृएकाले उनीहरूले घर लगेका र त्यसलाई समेत मगाएर सङ्ग्रहालय बनाएर राख्ने तयारी रहेको उहाँको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार