नगरपालिकाद्वारा चौरासी पूजा गर्न आर्थिक सहयोग
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १३:१३:५७
१ असार, अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकलाई चौरासी पूजा गर्न आर्थिक सहयोग प्रदान गर्न सरुआत गरेको छ ।
आर्थिक अवस्था दयनीय भएर चौरासी पूजा गर्न नसक्ने ज्येष्ठ नागरिकलाई रु २५ हजार नगदसहित नगरपालिकाले सम्मानको थालनी गरेको हो । आर्थिक सहयोग पाएकामा ज्येष्ठ नागरिक खुसी भएका छन् ।
चुनावको सययमा नगरप्रमुखले बोलेका बाचा पूरा गरेकामा शीतगङ्गा ३ का ज्येष्ठ नागरिक खिमानन्द पौडेल निकै खुसी भए । ग्रामीण क्षेत्रका धेरै ज्येष्ठ नागरिकले चौरासी पूजाका लागि नगरपालिकासंग आर्थिक सहयोग गर्न माग गरेका थिए । तीन सय १९ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको नगरप्रमुख छविलाल पौडेलले बताए ।
नगरका १४ वडाका वृद्धवृद्धालाई लक्षित गरी रु ८० लाख बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मानसहित नगद वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको भनाइ छ ।
कम खर्चमा चौरासी पूजा गरेर बचेको रकमबाट मन लागेका खानेकुरा खान र औषधोपचार गर्नलाई केही भए पनि राहत पुगेको ज्येष्ठ नागरिकको भनाइ छ । शीतगङगा भौगोलिक दृष्टिकोणमा सबैभन्दा ठूलो नगरपालिका हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार