सरकारको बजेट फागुन ल्याउने व्यवस्थाका लागि बहसमा उत्रिए सांसदहरु
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १३:१९:४५
१ असार, काठमाडौं । सरकारले हरेक नयाँ आर्थिक वर्षका लागि ल्याउने बजेट मिति परिवर्तनबारे संसदमा बहस सुरु भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बजेट विनियोजन विधेयकमाथि छलफलमा भाग लिएका सत्ता पक्ष र प्रतिपक्षी दल सांसदहरुले बजेट वक्तव्य दिने मिति फेरबदल गर्नुपर्नेमा जोड दिँदै धारणा राखे ।
नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरले अहिले संवैधानिक व्यवस्था जेठ १५ मा आगामी आवको बजेट सार्वजनिक गर्नुपर्ने अवस्थाले बजेट तयारीमा अनावश्यक दबाब र चलखेल बढाएको धारणा राखे ।
उनले विषयगत मन्त्रालयबाट फागुन महिनामै बजेटको सिलिङ तोकिसक्नुपर्ने, चैत महिनाभित्र सरकारले बजेटको प्रारम्भिक अंक टुंग्याएर अर्थ समितिमा छलफल सकेर बैशाखको सुरुवातमै बजट घोषणा हुने व्यवस्था बनाउनुपर्ने बताए ।
उनले सरकारले ल्याएको आगामी आवको बजेट आवश्यकतामा आधारित नरहेको बताए । ‘एक अर्ब लाग्ने ठाउँमा १० लाख हाल्द्या छ, नचाहिने ठाउँमा एक अर्ब हाल्द्या छ’ उनले भने, कहीं बेस्सरी हल्द्या छ, कही छँदैछैन । अहिलेको बजेटले खती निम्त्याउने पक्का छ ।’ आफू सत्ता पक्षकै सांसद भइकन पनि पूर्वाधार विकासमा बजेट नपाएको भन्दै गुनासो गरे ।
उनले बजेट रकममा नेता मन्त्री र शक्तिशाली व्यक्तिहरुको मनोमानी चलेको र यसैकारण सत्तारुढ दलकै सांसदहरुबीच आक्रोश पैदा भइरहेको उनको टिप्पणी छ ।
सांसद घिमिरेभन्दा अगाडि बोल्ने सांसदहरुले पनि बजेट भाषण प्रणालीमा व्यापक परिवर्तन आवश्यक रहेको बताउँदै अव्यवहारिक व्यवस्था संशोधन गर्नेतर्फ भूमिका खेल्न सदनलाई आग्रक गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार