बाबुरामले प्रचण्डलाई भेटेपछि रोकियो समाजवादी मोर्चा घोषणा कार्यक्रम, नेतृत्वमा अझै विवाद
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १३:२८:४८
१ असार, काठमाडौं । नजन्मँदै समाजवादी मोर्चा गठनको विषय विवादमा आएको छ । आन्तरिक विवाद नमिलेका कारण सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरूले बनाउने भनेको समाजवादी मोर्चा घोषणा कार्यक्रम रोकिएको छ । मोर्चा आज घोषणा गर्ने भनिएको थियो ।
मोर्चाको नेतृत्वमै सहमति नजुटेको बताइएको छ । पहिले मोर्चाको नेतृत्वमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्ने भनिएको थियो । तर, उनी प्रधानमन्त्री भएकाले अरू ठूलो जिम्मेवारी नभएका नेताले नेतृत्व पाउने पर्ने भनाई अरू नेताको छ ।
मोर्चाको नेतृत्वमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई इच्छुक छन् । भट्टराई हिजोसम्म मोर्चामा बस्न तयार देखिएका थिएनन् । तर, उनले आज नेतृत्वको दावी गर्दै प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् । भट्टराईसँग भेटे भएपछि प्रचण्डले मोर्चा घोषणा आज रोक्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि भट्टराई मोर्चामा आउन सहमत भएका थिए । समाजवादी मोर्चामा नेकपा माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी लगायतका दलहरू रहेका छन् । हाल ३२ सिटमा सीमित रहेको माओवादी समाजवादी मोर्चा बनाएर ५५ सीटको बलियो आधार बनाउन खोजिरहेको छ ।
समाजवादी मोर्चा भित्रकै एक नेताले घोषणा हुनु पूर्व केही विवाद रहेको बताए । उनले मोर्चा घोषणा हुनुभन्दा अगाडि कम्युनिष्ट भन्ने नेताहरूमा सामन्तवादी दुर्गुणहरुबारे छलफल हुनुपर्ने बताए । मोर्चा घोषणाभन्दा अगाडि नै पद र पोजिसन एक आपसका अन्तरविरोध, झगडा र प्रतिस्पर्धाबारे छलफल सामूहिक रुपमा नभएको उनले बताए ।
अहिलेको समाजवादी मोर्चामा सहभागी हुनका लागि नेकपा एमालेमा भने प्रस्ताव पठाइएको छैन । साना–साना टुक्राटुक्री भएर दोकान खोलेर बस्नु भन्दा वामपन्थी पार्टीहरू एक हुँदै जानु राम्रो भएपनि एमालेको नेतृत्व खराब भएकाले प्रस्ताव नपठाइएको हो । नेकपा माओवादीले केपी शर्मा ओलीको व्यक्तिगत व्यवहार र प्रवृत्तिका कारण एमालेलाई समाजवादी मोर्चामा समावेश गराउन नसकिने बताइरहेको छ ।
एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले दलहरूको आन्तरिक तयारी नपुगेकाले आज मोर्चा घोषणा नसकेको बताएका छन् । उनले अझै एक–दुई दिन लाग्ने बताए । मोर्चाबारे छलफल गर्न आज एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठक पनि बसेको थियो ।
बैठकमा सो पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल अनुपस्थित रहेकाले औपचारिक निर्णय नगरेपनि मोर्चामा सामेल हुने र छिटो घोषणा गर्नका लागि पहलकदमी लिने सर्वसम्मत निर्णय भएको खतिवडाले जानकारी दिए । पहिले अध्यक्ष वा संयोजक को बन्ने भन्ने विवाद नमिलेसम्म मोर्चा घोषणा नहुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार