मालपोत कार्यालय भ्रष्टाचारको अखडा बन्यो : सांसद केसी
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १४:४९:३४
१ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननर सिंह केसीले मालपोत कार्यालय भ्रष्टाचारको अखडा बनेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेट विनियोजन विधेयकमाथि छलफल भाग लिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा विनियोजित बजेट रकमबारे धारणा राख्दै सांसद केसीले यस्तो बताएका हुन् ।
मालपोत कार्यालयमा सेवाग्रही कर्मचारीलाई घुस नखुवाएसम्म काम नबन्ने घटना व्यापक बनेको बताउँदै जग्गा नापीदेखि कानूनले तोकेको जग्गा खरिदबिक्री र कित्ताकाटमा ठूलो मात्रामा भ्रष्टाचार भइरहेको बताए । ‘अहिले मालपोत कार्यालय भ्रष्टाचारको अखडा बनेको छ’ उनले भने, ‘यसलाई रोक्न भूमि व्यवस्था मन्त्रालयले आगामी आवमा कडा व्यस्वस्था ल्याउन सुझाव दिए ।
उनले सुकुम्वासी समस्या समाधानका लागि बजेट नआएको भन्दै गरिबी निवारणसम्बन्धी ठोस कार्यक्रमसहित बजेट आउन नसकेको बताए । आफू सत्ता पक्षका सांसद भएर पनि बजेटका ेविरोध गर्नु पर्दा साह्रै नमिठो लागेको बताए ।
उनले चालु आवमा ५ अर्ब रुपैयाँ ठेक्का लागेर काम चलिरहेको अयोजनामा बजेट शून्य बनाएको भन्दै आक्रोश पोखे । अनावश्यक योजनामा भने १० गुणा बढी बजेट छुट्याएर असन्तुलित रुपमा बजेट वितरण गरिएको बताए । ‘अहिले म सत्ता पक्षका सांसद भएर मात्र हो, प्रतिपक्षीमा भएको भए मैले के गरिसक्थेँ, त्यो यहाँ नभनूँ’ सांसद केसीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार