सरकारले बजेट ल्याएको होइन, लुटेको छ : सिके राउत
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १५:१४:४४
१ असार, काठमाडौं । सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष समेत रहेका सांसद चन्द्रकान्त (सिके) राउतले सरकारले बजेट ल्याएको नभई लुटेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद राउतले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विभेदकारी र पहुँचवाला केन्द्रित रहेको बताए ।
उनले मधेश प्रदेशका जनतमाथि बजेटमार्फत सरकारले ठूलो अन्याय गरेको बताए । भौतिक मन्त्रालयका लागि छुट्याइएको ५ अर्ब १७ करोडको ५१ प्रतिशत बजेट प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्री र कांग्रेस सभापतिको गृहजिल्लामा खन्याएको बताए ।
सरकारले सार्वजनिक गरिसकेको बजेट संशोधन नहुने अवस्थाबीच सांसदहरुले संसदमा छलफल गरेर समय मात्र बर्बाद गरिरहेको औल्याउँदै अब बजेट तर्जुमा र घोषणा व्यवस्था नै परिवर्तनबारे बहस सुरु गर्नुपर्ने बताए । उनले बजेटमा विभेद, शासनमा अन्याय र अधिकारमाथि दमन हुने स्थिति आउनुमा अहिलेका व्यवस्था रहेको उनको भनाइ थियो ।
‘यो सरकार पनि विगतका सरकारझैं बजेट लुट्नमा लागेको छ, यो अनौठो कुरा होइन, तर अन्यायले सीमा नाघेको दिन को कहाँ पुग्छन् थाहा हुँदैन’ उनले चेतावनीपूर्ण भाषामा भने ।
सरकारमा बस्नेहरु सधैं सरकारमा नरहने र जनताको पाला पनि आउने भन्दै बजेटलाई अहिलेकै अवस्थामा समर्थन गर्न नसकिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार