जसपाले बोलायो विधान अधिवेशनअघि केन्द्रीय समितिको बैठक
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १५:३३:३७
१ असार, काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय समितिको बैठक असार ९ गतेका लागि बोलाएको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसपामा ४२३ जना केन्द्रीय समिति सदस्य छन् ।
बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्ठनहरुले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने उनले बताए । जसपाले यही असार १०, ११ र १२ गते काठमाडौ.मा विधान अधिवेशन गर्ने भएको छ ।
विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधि विधान अधिवेशनमा सहभागी हुँदैछन् । केन्द्रीय समिति विधान अधिवेशन आयोजक समितिका सबै सदस्य विधान अधिवेशनका प्रतिनिधि हुने प्रावधान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार