सरकारले ऐनमा पनि प्रिन्ट मिस्टेक भएर आयो भन्न बेर लाउँदैन : सोबिता गौतम
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १६:५:३३
१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोबिता गौतमले गम्भीर विषयमा समेत सरकारले गैरजिम्मेवारीपूर्ण जवाफ दिएको भन्दै आपत्ति जनाएकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले बजेटमा विभेदकारी व्यवहार देखाएको बताउँदै बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ सही दिन आग्रह गरिन् ।
उनले भूमि व्यवस्था, उद्योग वाणिज्य र भौतिक पूर्वाधार मन्त्रालयमा छुट्याएको बजेट पूर्वाग्रही रहेको बताउँदै कतिपय ठेगाना नै नरहेको स्थानमा समेत बुजेट छुट्याएर सरकारले गैरजिम्मेवारीपूर्ण काम गरेको बताइन् ।
‘हुन त बजेटमा आएका शीर्षक नै प्रिन्ट मिस्टेक भएको भनेर ढाँटने सरकारको कुरा गर्ने’ उनले भनिन्, ‘भोलिका दिनमा बनिसकेको ऐनमा पनि प्रिन्ट मिस्टेक, अदालतको आदेशमा पनि प्रिन्ट मिस्टेक भएको भनेर कमजोरी लुकाउने काम गर्न बेर लाउँदैन ।’
उनले काठमार्डाैं महानगरभित्र ३५ नम्बर वडा नै नरहेको अवस्थामा पनि वडा उल्लेख गरेर बजेट छुट्याएको देख्दा उदेक लागेको बताइन् । सरकारले होसमा काम नगरेको हो कि भन्ने आफूलाई लागेको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार