पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता सुरु
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १६:३४:१७
१ असार, गण्डकी । पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता आजदेखि सुरु भएको छ । पोखरा रङ्गशालामा आयोजित प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले शुभारम्भ गरिन् ।
सो अवसरमा उनले व्यायाम र मनोरञ्जनमात्र नभई खेलकुदले देशको प्रतिष्ठा बढाउने र खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले सक्दो लगानी गर्ने उल्लेख गरिन् ।
प्रदेश खेलकुद परिषद्को आयोजना र कास्कीस्थित जिल्ला भारत्तोलन सङ्घको व्यवस्थापनमा आयोजित प्रतियोगितामा कर्णालीबाहेक छ प्रदेशका ५७ खेलाडी सहभागी छन् । “स्थानीयस्तरमा रहेका खेलाडीको प्रोत्साहनका लागि यो प्रतियोगिता राखिएको हो, यसमा विभागीय टिमका खेलाडी सहभागी छैनन्”, सङ्घका अध्यक्ष राजन बडगामीले भने ।
प्रतियोगितामा महिलातर्फ ४९, ५९, ७१, ८१ किलो तौल समूह तथा पुरुषतर्फ ६१, ७३, ८९ र एक सय दुई किलो तौल समूहका खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा विजेता खेलाडीलाई पदक र प्रमाणपत्रले सम्मान गरिने परिषद्का सूचना अधिकारी तोपलाल भुसालले जानकारी दिए । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार