अमेरिकी सैन्य सुराकी विश्लेषक एक सातादेखि गुपचुप नेपालमा !
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार २२:५१:४०
१ असार, काठमाडौं । अमेरिकी सैन्य सुराकी विश्लेषक तथा कूटनीतिज्ञ काठमाडौं आएको एक साता बितेको छ । भिक्टोरिया आन रिज्याक कतारको राजधानी दोहा हुँदै २५ जेठमा कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा आएकी भएपनि त्यसको विषयमा कोही पनि जानकार देखिएका छैनन् । उच्च सुरक्षा अधिकारीहरूले उनको पिछा गरेपछि उनी कुन होटलमा बसेकी छिन भन्ने बारेमा पनि जानकारी पाउन सकेका छैनन् ।
काठमाडौं झरे लगत्तै अमेरिकी दूतावासभित्र छिरेकी उनी बाहिर निस्केको वा ननिस्केको बारेमा जानकारी पाउन सकेका छैनन् । सुरक्षा अधिकारीहरूले उनी भूटानी शरणार्थीको विषयमा चासो र जानकार राख्न आएकी हुन् । शुक्रबारसम्म उनले नेपालका उच्च अधिकारीहरूलाई भेटघाट गरेको अनुमान गरिएको छ ।
भिक्टोरियासँग विश्वका विभिन्न मुलुकको सैन्य सुराकी सम्बन्धी लामो अनुभव रहेको बताइन्छ । उनी कोरियास्थित अमेरिकी जल सेनाको टोलीमा सुराकी योजना विज्ञका रुपमा सन् २०२० देखि २०२२ सम्म साढे दुई वर्ष कार्यरत थिइन् । त्यसै गरी सन् २०१८ को डिसेम्बरदेखि सन् २०१९ को डिसेम्बरसम्म एक वर्ष फ्रान्समा रहिन् । पेरिसस्थित अमेरिकी दूतावासमा उनी असिस्टेन्ट डिटेचमेण्ट कमान्डर रहेको बताइन्छ । सोही हैसियतमा उनी बेइजिङस्थित अमेरिकी दूतावासमा डिसेम्बर २०१७ देखि २०१८ को डिसेम्बरसम्म एक वर्ष बसेकी थिइन् ।
त्यसअघि इजिप्टको राजधानी कायरोस्थित अमेरिकी दूतावासमा थिइन् । मरिन सेक्युरिटी गार्डको जिम्मेवारीमा उनी २०१६ डिसेम्बरदेखि २०१७ डिसेम्बरसम्म कार्यरत रहेको बताइन्छ । उनी सन् २०१२ सेप्टेम्बरदेखि अक्टोबर २०१६ सम्म अमेरिकी जल सेनाको साइबरस्पेस कमाण्डमा साइबर इन्टेलिजेन्स एनालिष्टको हैसियतमा थिइन् ।
स्रोत भन्छ, ‘अन्ना मे २०१० देखि अगष्ट २०१२ सम्म अमेरिकी जलसेनाको जापानस्थित थ्रीडी मरिन लजिस्टिक ग्रुप, सीएलआर ३७ मा अल सोर्स इन्टेलिजेन्स एनालिष्ट थिइन् । उनै अमेरिकी कूटनीतिज्ञ तथा सुराकी विशेषज्ञ जेठ २५ मा काठमाडौं ओर्लेको अध्यागमन विभागले सुरक्षाकर्मीहरूलाई जानकारी गराएको थियो ।
नेपाल प्रहरीको विशेष ब्यूरो, सशस्त्र प्रहरीको इन्टेलीजेन्स व्यूरो र राष्ट्रिय अनुसन्धान विभाग तीन वटै निकायले उनको निगरानी गरेका थिए । तर अहिलेसम्म एक पटक सोल्टी होटलमा देखेको बाहेक अन्य सुराक पाउन सकेका छैनन । उनले त्यहाँ को को सँग भेटघाट गरिन भन्ने बारेमा पनि सुरक्षा निकायले भेउ पाउन सकेकी छैनन् ।
गत माघमा पनि यस्तै एउटा टोली आएर नेपालमा भूटानी शरणार्थीको बारेमा चासो लिएको थियो । त्यसकै उपजका रुपमा शरणार्थीसम्बन्धी अनुसन्धान भएको थियो । अहिले पनि मुद्दा सुनुवाईकै क्रममा उनी नेपाल आएकी हुन् । शुक्रबार सुनुवाई सकिएकाले उनी फिर्ता हुने आशंका सुरक्षा अधिकारीहरूको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार