अदालतबाट अपराध करार भएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जेलमा पनि कांग्रेस नेताकै उपाधि
नेपालबहस संवाददाता
असार २, २०८० शनिबार १२:३७:२८
२ असार काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा दोषी ठहर भई जेल चलान गरिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जेलभित्र पनि नेपाली कांग्रेसको नेताको मान्यता पाएका छन् । उनलाई कांग्रेसले निलम्बन गरेको छैन ।
उनलाई अभियोग लाग्दाकै बखत गत वैशाख अन्तिम साता केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने आवाज उठे पनि कांग्रेस चुपचाप लागेर बसेको थियो । अहिले खाँणको पदीय हैसियतमाथि सडक सडकमा प्रश्न उठिरहेको छ । उनी अभियुक्त हुन कि कांग्रेस केन्द्रीय सदस्य भन्दै आम मानिसले प्रश्न उठाउन थालेका छन् ।
जेलमा अभियुक्त खाँण नभएर कांग्रेस नेता बालकृष्ण खाँणका रूपमा गएको भन्ने अर्थ लगाइन थालेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएपछि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको पदीय हैसियतमाथि सर्वत्र प्रश्न उठेको हो । कांग्रेसमाथि अपराधीलाई कारबाही गर्नुको सट्टा संरक्षण गरेको आरोप लागिरहेकाे छ । अझ कांग्रेस अपराधी र भ्रष्टहरुको पार्टी भएकाले खाँण केन्द्रीय सदस्यबाट निलम्बित नभएको भनाइहरु आउन थालेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले शुक्रबार पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । एमाले सचिव रायमाझीलाई भने पार्टीले वैशाखमै पदबाट निलम्बन गरिसकेको छ । उनको सांसद पद पनि निलम्बन भइसकेको छ ।
खाँणलाई जेलमा गएपछि निलम्बन गर्न पनि समय लाग्ने देखिएको छ । अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् । उनी नेपाल नफर्किएसम्म खाँण केन्द्रीय सदस्यबाट निलम्बन हुने छैनन् । तर, सभापति देउवाले खाँणलाई निलम्बन गर्छन् भन्ने एकीन भने छैन ।
कांग्रेस नेताका अनुसार खाँण जेल चलान हुँदा सभापति भएर पनि बचाउने प्रयास नगरेको भन्ने आरोप लाग्ने देखेर सभापति देउवा कही दिनका लागि सिंगापुर गएका हुन् । देउवाले स्वास्थ्य उपचारको बहाना मात्र बनाएका हुन । उनका चिकित्सकले समेत देउवा सिंगापुर जानु अगाडि स्वास्थ्यमा कुनै गडबडी नभएको बताएका थिए ।
खाँण पक्राउ परेपछि वैशाख २७ र २८ मा बसेको कांग्रेस पदाधिकारी बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अनुसन्धानमा सहयोग पुर्याउन र पार्टीको छवि जोगाउन खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । एमालेले अभियोग लागेकै कारण रायमाझीलाई पदबाट निलम्बन गरिसकेको अवस्थामा कांग्रेसले जोगाउन नहुने उनीहरूको तर्क थियो ।
एक कांग्रेस नेता भन्छन्, ‘उतिबेला सभापति शेरबहादुर देउवाले चाहनु भएन । अब त अदालतको आदेशबाट खाँण जेलमै पुगिसक्नु भएको छ, एउटा व्यक्तिमात्र नभई केन्द्रीय सदस्य पद जेल परेको छ । भोलि अदालतबाट सफाइ पाएको अवस्थामा स्वतः पदमा फर्कने गरी निलम्बित गर्नुपर्ने हो, तर नेतृत्वले नचाहँदा पार्टीको छविमाथि नै दाग लागेको छ ।’
देउवाले खाँण धरौटीमा रिहा हुने कुरा निकटका नेता र परिवारलाई भन्दै आएका थिए । वैशाखमा पार्टीभित्र खाँणलाई निलम्बन गर्ने आवाज चर्को बन्दासमेत उनले धरौटीमा रिहा हुने सम्भावना औंल्याउँदै टारेका थिए । अब त खाँण जेलमै परेपछि केन्द्रीय सदस्य हुनु र नहुनुको अर्थ नरहेपनि जनमानसमा भने जेलमा अपराधी नपरेर कांग्रेस नेता परेको बुझाइ रहेको छ ।
नैतिक पतन देखिने फौजदारी अभियोगमा पक्राउ परेमा वा जेल परेमा केन्द्रीय सदस्य वा पदाधिकारीको पद के हुने भन्नेमा कांग्रेसको विधानले नैतिक पतन देखिने फौजदारी अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भएमा पार्टी सदस्य नरहने धारा १३ (ङ) मा भनेको छ । तर, खाँणको मुद्दा विचारधीन नै छ । कानुन व्यवसायीको भनाइमा मुद्दा विचाराधीन रहेको अवस्थामा फौजदारी अभियोगमा मुद्दा लागेर जेल पुगि सकेपछि पार्टीले स्वतः निलम्बन गर्नुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार