देशभरका सामुदायिक बिद्यालय अनिश्चितकासम्म बन्द गराउने विद्यालय कर्मचारी परिषदको चेतावनी
नेपालबहस संवाददाता
असार २, २०८० शनिबार १२:५६:३२
२ असार, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषदले आइतबारदेखि अनिश्चितकासम्म देशभरका सामुदायिक विद्यालय बन्द गराउने चेतावनी दिएको छ । बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषदले ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाएको छ ।
परिषदका महासचिव शान्तिनाथ योगीका अनुसार सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै केही समयदेखि हुँदै आएको आन्दोलनप्रति सरकारले वेवास्ता गरेकाले विद्यालय बन्द गराउन लागिएको हो ।
उनका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरू सम्पन्न भइसक्दा समेत आफ्नो मागप्रति सरकार गम्भीर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरे पछि पूर्व निर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो ।
आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको सेवा सुविधाका विषय सम्बोधन गरे पनि बजेट वक्तव्यमा भने उक्त विषय छुटाए पछि परिषद आन्दोलनमा उत्रिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार