सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
नेपालबहस संवाददाता
असार २, २०८० शनिबार १६:१०:५९
२ असार, स्याङजा । गए राति स्याङजामा भएको सवारी दुर्घटनामा नेपाली कांग्रेस स्याङजाका लोकप्रिय नेता, महाधिवेशन प्रतिनिधि एवं चापाकोट नगरपालिकाका पूर्व प्रमुख शिव गिरीको निधन भएको छ । बा १५ च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा नेता गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिएका छन् । चापाकोट–४ दार्सिङका स्थायी बासिन्दा ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले हिजो राति ११ः४० मा मृत घोषणा गरेको थियो ।
चापाकोट पाल्पाको रामपुर हुँदै वालिङमा साँझको खाना खाएर बासस्थान पुतलीबजार नगरपालिकाको स्याङजा सदरमुकामतर्फ जादै गर्दा उनको निजी स्कारपियो गए राति ११ बजे सिद्धार्थ राजमार्गको पुतलीबजार–१० राङखोला नजिकको बरजा भन्ने ठाउँको घुम्तीमा दुर्घटनामा परेको थियो । प्रहरीले पुतलीबजार–९ कोल्मा बस्ने गिरीका निजी चालक ३२ वर्षीय सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले जानकारी दिएका छन् ।
स्याङ्जा कांग्रेस गम्भीर शोकमा
घटना पश्चात् आज बिहान नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङजाको आकस्मिक बैठकले दिवंगत गिरीको अन्तिम संस्कार तथा शोक यात्राकाे तय गरेकाे छ । नेपाली कांग्रेस स्याङ्जा कार्यालयमा असार ४ गते बिहान १० बजेदेखि १ बजेसम्म श्रद्धाञ्जली अर्पण पछि सोही दिन ज्याग्दीघाटमा हुने तय गरेको कार्यवाहक सभापति केदार काफ्लेले नेपालबहसलाई जानकारी दिए ।
सभापति एवं संघीय सांसद राजु थापाको अध्यक्षता एवं केन्द्रीय उपसभापति तथा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङको विशेष उपस्थितिमा बैठक बसेको थियो । बैठकले सडक दुर्घटनामा परी असामयिक तथा अकल्पनीय निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै स्व शिव कुमार गिरीको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै उहाँको बैकुण्ठ बासको कामनासहित शोकाकुल परिवारजन तथा सबैप्रति गहिरो समवेदना प्रकट गर्ने निर्णय गरेको काफ्लेले बताए ।
यस शोकको घडीमा नेपाली कांग्रेस पार्टीको यही असार ३ गते आइतबार सम्पन्न हुन गइरहेको नेपाली कांग्रेस स्याङजाको प्रथम जिल्ला सम्मेलन तथा पार्टीका पूर्व निर्धारित सबै कार्यक्रमहरू १३ दिनका लागि स्थगन गरिएको छ । सो बैठकले एक शोक प्रस्ताव पारित गर्दै ३ दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । केन्द्रीय उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यतामा आज हुने भनिएको वालिङ नगर सम्मेलन पनि स्थगित गरिएको नगर सभापति नेत्र पाण्डेले जानकारी दिएका छन् ।
हँसिया प्रहार गरी बालकको हत्या
स्याङजाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) ले हँसिया प्रहार गरी सोही ठाउँ बस्ने ९ वर्षीय बालक हर्षित देवकोटाको हत्या गरेका हुन् । शुक्रबार साँझ हँसिया प्रहार गरी बालकको हत्या गर्ने सुवेदी घटना पश्चात् फरार रहेकोमा प्रहरीले पुतलीबजार–१ बाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । हत्याको कारण खुल्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार