एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक नेपाल जिम्बाब्वेसँग खेल्दै
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार ६:५१:१०
३ असार, काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलका लागि आज (आइतबार) मैदान उत्रिँदा नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो भेटमै जिम्बाब्वेविरुद्ध अप्रत्यासित जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।
नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।
विश्वकप छनोट प्रतियोगिताको उक्त खेलमा जिम्बाब्वेका सिकन्दर राजा र ब्रेन्डान टेलरले शतक बनाएका थिए । आज हरारे स्पोर्ट्स क्लबमा नेपाली समयानुसार मध्याह्न १२ः४५ बजेदेखि सुरु हुने नेपाल र जिम्बाब्वेबीचको खेल यी दुई टिम बीचको पहिलो एकदिवसीय मान्यता प्राप्त क्रिकेट बन्नेछ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ । पहिलो खेलअघि नेपाली टिमका ओपनर ब्याटर आसिफ शेख प्रतियोगिताका लागि टिम उत्साहित रहेको बताउँछन् ।
नेपालले विश्वकप छनोटका लागि १० दिन दक्षिण अफ्रिकामा अभ्यास गरेको थियो । दक्षिण अफ्रिकामा अभ्यासका क्रममा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अनौपचारिक तयारी खेल खेलेको नेपाल दुवै खेलमा पराजित भएको थियो ।
नेपाल १० दिनको दक्षिण अफ्रिका बसाइँपछि जिम्बाब्वे गएको थियो । नेपालले जिम्बाब्वेमा पनि दुई वार्म अप खेल खेलेको थियो । पहिलो ‘वार्म अप’ खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पाँच विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने ओमानलाई तीन विकेटले हराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार