बाढीमा बेपत्ता सबैको पहिचान खुल्यो, भौतिक क्षतिको विवरण संकलन हुँदै
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार ११:१३:१४
३ असार, पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवा खोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान खुलेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरूलाई हेवा खोलाले हेवा खोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ ।
यस्तै, फिदिम–४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयबासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुई तले घर र मतान बगाएको छ ।
बाढीले याङवरक गाउँपालिका–२, फलैँचाका रामप्रसाद राईको एक तले घर, चन्द्र बेघाको दुई तले घर र एकतले मतान तथा कृष्ण बेघाको एक तले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवा खोलामा रहेका चारवटा पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एउटा पुल, तमोर करिडोरको एउटा पुल (बेलीब्रिज) बाढीले बगाएको छ ।
यस्तै, फालेलुङ गाउँपालिका वडा–३ र ७ को सीमामा रहेको एउटा र सोही फालेलुङ–३ र ५ को सीमामा रहेको अर्को पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत आयोजनाको एउटा स्काभेटर पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।
बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध छ । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३, पांग्रे भीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ । फिदिम–३, कान्छी दोकानमा पनि भेलका कारण सडक अवरुद्ध भएको छ ।
यस्तै, फिदिम–यासोकअन्तर्गत कुम्मायक गाउँपालिका–४, वनथाकमा सडक अवरुद्ध भएको छ । फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बाढीले याङवरक–२ मा दुई र फालेलुङ–३ र ५ को सीमाको एउटा झोलुंगे पुलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
भीषण वर्षापछि आएको बाढीले हेवा खोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ ।
गए राति भीषण वर्षा भएपछि हेवा खोलामा आएको बाढीले मेची राजमार्गको फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोला पुल बगाएको छ । बाढीले ५४.५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
वि.सं. २०४२ मा निर्मित यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर, गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो ।
यस्तै, तमोर करिडोर सडक अन्तर्गत तीन वर्षअघि हेवा खोलामै निर्माण गरिएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ । फिदिम–४ र हिलिहाङ –७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन् ।
दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण बनेको छ । यस्तै, यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र साग सब्जी खेर जाने अवस्था आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
माघ १३, २०८१ आइतबार
कोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार