माओवादी केन्द्रसहितको समाजवादी मोर्चा घोषणा असार ५ गते
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार ११:१५:२९
३ असार, काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)सहितका दल मिलेर बनाउन लागिएको समाजवादी मोर्चाको औपचारिक घोषणा यही असार ५ गते गरिने भएको छ ।
आज बिहान बालुवाटारमा प्रधानमन्त्री समेत रहेका प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र विप्लव नेतृत्वको नेकपा मिलेर तत्कालिक राजनीतिक कार्यक्रम संचालन गर्ने उद्देश्यले मोर्चा घोषणा गर्ने तयारी गरेको छ ।
असार ५ गते समाजवादी मोर्चा घोषणा गर्ने तय भएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आज बिहान बालुवाटारको छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, जसपाबाट अध्यक्ष यादव र नेकपाबाट महासचिव विप्लव सहभागी भएका थिए । आजको छलफलमा डा. भट्टराई भने सहभागी भएनन् ।
मोर्चामा अन्य कम्युनिष्ट पार्टीलाई समावेश गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् । मोर्चाले मिल्ने राजनीतिक एजेण्डा, कार्यक्रममा कार्यगत एकता र संघर्षका कार्यक्रम संचालन गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार