भाउ नपाएपछि सडकमा फालियो ३० हजार किलो गोलभेंडा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार ११:५७:५
![](https://nepalbahas.prixacdn.net/media/albums/golveda_2_Rpwv1QV8Bq_o90Mod2TSH_pXdoSPdfXd.jpg)
३ असार, काठमाडौं । बजारमा नबिकेपछि ३० हजार किलो गोलभेंडा कालिमाटी तरकारी बजारका किसानहरूले सडकमा फ्याकेका छन् । बजारमा खपत कम भएको र मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा आइतबार बिहान ठूलो संख्यामा गोलभेंडा सडकमा फ्याकिएको हो ।
सरकारले आन्तरिक उत्पादन बढाउने भनेर प्याज र आलु लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर लगाइरहँदा किसानले कालीमाटीमा गोलभेँडा फालेका छन् । आफ्नो उत्पादनले लागतअनुसारको बजार भाउ नपाएको विरोधमा किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडा फालेर विरोध गरेका हुन् ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार नेपालमा उत्पादित गोलभेंडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै किसानहरूले टमाटर फ्याकेका हुन् ।
समितिका अनुसार तीन चार सय क्रेटमा भएको करिब ३० हजार जति गोलभेंडा सडकमा फ्याकिएको छ । कालिमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा गोलभेंडा फ्याकेर विरोध गरिएको समितिले जनाएको छ ।
कालिमाटी थोक तथा खुद्रा बजार समितिले आज बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको जनाएको छ । कालिमाटी तरकारी बजारका अनुसार बजार मूल्य नपाएपछि किसानले गोलभेंडा फ्याकेका हुन् ।
करिब ३० हजार किलो गोलभेंडा कालिमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको बताइएको छ । यसरी सडकमा किसानले फालेका गोलभेंडा रामकोट, नागार्जुन, थानकोट लगायतका क्षेत्रमा फलेका हुन ।
तर, किसानहरुले यति धेरै गोलभेंडा लिएर बजारसम्म नआउने भएकाले गोलभेंडा किसानले नै फ्याँकेको दाबी भने शंकास्पद छ । कालिमाटी तरकारी बजारकै केही व्यापारीहरूले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको दाबी गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत आन्तरिक उत्पादन बढाउने भन्दै प्याज र आलु लगायतका वस्तुमा भ्याट लगाउने निर्णय गरेको छ । यसबाट आन्तरिक उत्पादन बढ्ने अर्थमन्त्री डा. प्रकाशशरण महतको भनाई छ । तर, आन्तरिक उत्पादनको सिजनको समयमा गोलभेँडा उत्पादकले लागतअनुसारको मूल्य पाइरहेका छैनन् ।
यतिबेला कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गोलभेँडाको थोक मूल्य ८ रूपैयाँ छ । यसको अर्थ किसानले खेतमा बढीमा प्रतिकिलो १ रुपैयाँदेखि २ रुपैयाँसम्म मात्रै भाउ पाउने गरेका छन् । यसैको विरोधमा कालीमाटीमा सडकमा गोलभेँडा फालेर किसानले विरोध जनाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार