अपाङ्गमैत्री भएन जिल्ला प्रशासन कार्यालय
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १२:४५:५१
सम्झना कार्की
३ असार, सिन्धुपाल्चोक । सेवाग्राहीको बढी चाप हुने जिल्ला प्रशासन कार्यालय चौताराको भवन अपाङ्गतामैत्री छैनन् । राष्ट्रिय परिचयपत्र, नागरिकता र राहदानी जस्ता महत्वपूर्ण कागजात बनाउँनका लागि यहाँ दैनिक सयौंको संख्यामा भीड लाग्ने गर्दछ । तर भवनको संरचना अपाङ्तामैत्री नहुँदा भने अपाङ्ता भएकाहरुले सास्ती झेल्दै आएका छन् ।
तात्कालीन समयमा अपाङ्तामैत्री संरचना निर्माणको मुद्दा सशक्तरुपमा नउठेको र डिजाइनमा पनि अपाङ्गतामैत्री संरचना नभएको कारण भवनको संरचना अपाङ्गतामैत्री नभएको प्रशासनले जनाएको छ । यद्यपी माथिल्लो तल्लामा जानका लागि दुईवटा ठूला सिँढी सो भवनमा रहेको छ । ती सिँढी मध्य एउटाको संरचना अपाङ्गतामैत्री बनाउन सकिनेतर्फ भने प्रशासन कार्यालयको ध्यान जान सकेको छैन ।
सदमुकाम चौतारामा नै रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको आलिशान महल पनि अपाङ्गमैत्री छैन । मेयर, उपमेयर, प्रशासकीय अधिकृत, लेखा शाखा, शिक्षा, स्वास्थ्य, रोजगार, योजना जस्ता महत्वपूर्ण शाखाहरु दोस्रो र तेस्रो तल्लोमा रहेका कारण अपाङ्ता भएका सेवाग्राहीहरुलाई कुनै पनि सेवा लिन कुनै आरोहीले सगरमाथा छिचोलेको भन्दा बढी सास्ती हुँदै आएको छ । भूकम्पपछि बनेको यो भवनको संरचना अपाङ्गमैत्री नबन्नु दुर्भाग्य भएको बौद्धिक अपाङ्ताका अभिभावक संघ, सिन्धुपाल्चोककी अध्यक्ष जानकी श्रेष्ठले बताइन् ।
त्यसो त खासगरि केही बर्षयताबाट नवनिर्मित भौतिक संरचना र पूर्वाधारहरु अपाङ्गमैत्री हुनुपर्छ भन्दै अपाङ्ताका क्षेत्रसँग सम्वन्धित सरोकारवाला निकाय र संघसंस्थाहरुले मुद्दा उठान गर्दै आइरहेका छन् तर पछिल्लो समय निर्मित अधिकाँश संरचना भने अपाङ्गमैत्री बनेका भने छैनन् ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोकका अधिकाँश भौतिक संरचनाहरु ध्वस्त भएका थिए । ती मध्य अधिकाँश संरचनाहरु विद्यालय, स्वास्थ्यचौकी, सरकारी कार्यालयहरु पुनर्निर्माण भइसकेको छ ।
नवनिर्मित ती संरचनाहरु पनि अधिकाँश अपाङ्गमैत्री छैनन् । पछिल्लोपटक १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा अधिकाँश स्थानीयतह र वडाले पनि आफ्नो प्रशासकीय भवन निर्माण गरिसकेका छन् । निर्माण गरिसकेका ती भवन पनि अपाङ्ग मैत्री बनेका छैनन् ।अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा सरकारी उदासिनताले अपाङ्ताका भएकाहरुले झन बढी सास्ती झेल्नु परेको जिल्ला अपाङ्ताका समन्वय समितिका केशव अधिकारी बताउँछन् ।
आफै पनि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकमा कार्यरत अधिकारी आफूले कार्य गरेको स्वास्थ्य संस्था मात्र हैन जिल्लाका अधिकाँश भौतिक संरचनाहरु अपाङ्गतामैत्री नहुँदा रुष्ट छन् । उनले अपाङ्गतामैत्री भौतिक संरचना निर्माणका लागि सरकारलाई गम्भीर ध्यानाकर्षण पनि गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार