मंकीपक्सको उपचारका लागि स्वास्थ्य मन्त्रालयले तोक्यो फोकल पर्सन, १४ अस्पतालमा उपचार हुने
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १३:७:३१
३ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलोपटक देखिएको मंकीपक्स संक्रमणको उपचारका लागि १४ अस्पतालमा १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४ जना डाक्टरलाई मंकीपक्स रोगको उपचारका लागि फोकल पर्सन तोकेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूचना मरहट्टा, जनकपुर अस्पतालमा डा. रामज्ञान यादव, गण्डकी अस्पतालमा डा. आनन्द नेपाल, वीरगञ्ज अस्पतालमा अतुलेशकुमार चौरसिया, भरतवुर अस्पतालमा डा. शशी हिराचन, वीर अस्पतालमा डा. निरज पराजुली, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मोनिका काफ्लेलाई तोकिएको छ ।
त्यस्तै, मेची अस्पतालमा डा. केशव दाहाल, कोशी अस्पतालमा डा. सिवी झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. सर्वेन्द्र झा, लुम्बिनी प्रादेशिक अस्पतालमा डा मणिलाल श्रेष्ठ, भेरी अस्पतालमा डा. बद्री चापागाईं, सुर्खेत अस्पतालमा डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा. दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंकीपक्स भाइरस नेपालमा कसरी भित्रियो भन्ने विषयमा अनुसन्धान भइरहेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । नेपालमा पहिलो पटक पुष्टि भएको एमपक्स संक्रमण विश्वका १११ देशमा पुष्टि भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
किसानले सुकाएर राखेको अलैँचीको दाना
कात्तिक १६, २०८१ शुक्रबार
यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको लगातार तेस्रो जित
कात्तिक १६, २०८१ शुक्रबार
एनपीएलका लागि जनकपुरले भित्र्यायो पाकिस्तानका बलिङ अलराउन्डर मोहसिन
कात्तिक १६, २०८१ शुक्रबार
कमला ह्यारिसको र्यालीमा प्रसिद्ध गायिका लोपेज पनि सहभागी
कात्तिक १६, २०८१ शुक्रबार
गैरकानूनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृहको निर्देशन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
कात्तिक १६, २०८१ शुक्रबार