पर्यटन मन्त्रालयको विनियोजन प्रतिवेदनमा प्रदेशको नाम गायब, संसदमा प्रतिपक्षीको विरोधपछि कार्यसूचीबाट हटाइयाे
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १३:२७:७
३ असार, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजन प्रतिवेदनमा कोशी र मधेश प्रदेशको नाम गायल रहेको पाइएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा पर्यटन, संघीय मामिला र स्वास्थ्य मन्त्रालयको बजेट विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । छलफलका लागि संसद बैठकमा सांसदहरुलाई वितरण गरिएको पर्यटन मन्त्रालयको प्रतिवेदनमा भने कोशी प्रदेशको ठउँमा ‘प्रदेश नं. १’ र मेधश प्रदेशको ठाउँमा ‘प्रदेश नं.२’ उल्लेख गरिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले विरोध जनाएका छन् ।
एमालेका सचेतक महेश बर्तौलाले सबै ७ वटै प्रदेशको प्रदेशसभाको दुईतिहाइ मतले नामाकरण भइसकेको अवस्थामा प्रदेशको गलत नाम उल्लेख गरिएको पर्यटन मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुन नसक्ने भन्दै उक्त शीर्षक कार्यसूचीबाट हटाइ प्रदेशहरुको नाम उल्लेख गरी प्रतिवेदन ल्याउन सभामुखमार्फत मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
विपक्षीको विरोधपछि सभामुखको अनुमतिमा पर्यटनमन्त्री सुदन किरातीले प्रतिवेदनमा प्रदेशको नाम गलत उल्लेख भएको र यसलाई सुधार गरेर छलफल गर्न राेष्ट्रमबाट स्पष्टिकरण दिए । सोही अनुरुप सभामुख देवराज घिमिरेले सम्बन्धित मन्त्रीले गल्ती स्वीकार्दै सच्याउन ल्याउने स्पष्ट पारिसकेको भन्दै छलफल अगाडि बढ्ने जानकारी दिए । तैपनि विपक्षीले प्रदेशहरुको नामाकरण भइसकेको अवस्थामा प्रदेशको नाम सम्झिएर छलफल गर्न नदिने अडान राखे ।
अडानपछि सभामुख घिमिरेले उक्त मन्त्रालयमाथिको विनियोजन शीर्षक कार्यसूचीबाट हटाएको जानकारी दिए । अहिले बैठकमा संघीय मामिला र स्वास्थ्य मन्त्रालयमाथिको विनियोजन शीर्षकमा छलफल चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार