एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १४:३७:४९
३ असार, क्यालिफोर्निया । परदेशमा बस्ने नेपालीहरूको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समेत रहेका गैर आवासीय नेपाली संघका आजीवन सदस्य माधव मरासिनीले गैर आवासीय नेपाली संघका दुई समूह बीच एकता हुने सहमति अवैंधानिक रहेको दाबी गरेका छन् ।
आइतबार दुई समूह बीच एक हुने सहमति भएसँगै अध्यक्ष मरासिनीले एक विज्ञप्ति जारी गर्दै कथित संस्थापन पक्ष विधानतः अवैधानिक, अलोकप्रिय र राजनीतिक आधारमा गठन भएको गुट भएको यसले गरेको सहमतिलाई वैधानिक मान्न नसकिने बताएका छन् ।
यस अघि अलिकति भएपनि इमानदार भनेर मानिएको शेष घले समूहले अवैधानिक समूहसामु घुँडा टेकेर आफ्नो नैतिकता गुमाएको भन्दै अध्यक्ष मरासिनीले आफू लगायत अमेरिकाका चार जना आजीवन सदस्यहरूको टुंगो नलागेसम्म यो सहमति लागू हुन नदिने चेतावनी दिएका छन् ।
पूर्वाग्रही ढंगबाट खारेज गरिएको सदस्यता पुर्नवहाली कानुनी रुपमा गर्नु परेमा यो निकै महँगो पर्ने र यो दुई समूह बीच ‘एक हुने’ सहमति तोरी र कोदोको मिलन जस्तै भएकोले यसले 'न तेल त न पिठो' केही नदिने भएकोले त्यसको परिणाम दुर्घटना भएको उनको भनाई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
चिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार