एमालेमा फर्कन दोस्रो वरीयता चाहिने वामदेव गौतमको सर्त
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १७:१:५५
३ असार, काठमाडौं । नेकपा (एमाले)का पूर्व नेता एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा जाने तयारीमा लागेका छन् ।
यसनिम्ति उनले आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीसँग गौतमले आफू एमालेमा फर्कन तयार रहेको र त्यसमा दोस्रो वरीयता दिनुपर्ने सर्त अगाडि सारेका छन् ।
उनले ओलीसँग च्यासलस्थित एमाले मुख्यालयमा भेट गरेका हुन् । एमालेले सचिवालयको बैठकले हालै मात्र ७० वर्षको उमेर हद हटाएपछि गौतम एमालेमा फर्कन लागिपरेका हुन् । ७० वर्षको उमेर हद हटाउनुपर्ने माग उनले पहिल्यैदेखि गर्दै आएका थिए । एमालेको बुटवलमा भएको नवौं महाधिवेशनबाट उक्त उमेर हदको प्रावधान राखिएको थियो ।
एमालेबाट छुट्टिएर माधवकु्मार नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी)का पाका उमेरका नेताहरु एमालेमा फिर्ता भएका छन् । उनीहरुलाई उमेर हद हटाएपछि जिम्मेवारी दिइएको छ । एमालेमा अहिले अध्यक्ष ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो वरीयतामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार