दाङमा ४१ जनामा सिकलसेल एनिमिया संक्रमण
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १७:३१:५८
३ असार, दाङ । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा निःशुल्क शिविर सञ्चालन गर्दा ४१ जनामा सिकलसेल एनिमिय फेला परेको छ ।
ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा आयोजित निःशुल्क शिविरमा चार सय १२ जनाको रगत स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको हो ।
उक्त क्षेत्रमा थप सङ्क्रमित हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरले बताए । स्क्रिनिङ गर्दा चार पुरुष र ३७ महिलामा सिलकसेल पोजिटिभ देखिएको हो ।
सिकलसेलकै कारण उपचारका क्रममा ठूलो धनराशि खर्चेको, घरपरिवारमा आर्थिक संकट देखिएको, जन्मिने बालबालिकामासमेत सङ्क्रमण देखिने अवस्था बढ्दै जान थालेपछि यसको रोकथाम गर्न रोगी पहिचान गर्न शिविर सञ्चालन गरिएको उनले बताए ।
यसअघि जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, गढवा, राजपुर र दङ्गीशरण गाउँपालिकामा दुई हजार आठ सय दुई जनाको रगत परीक्षण गर्दा तीन सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।
तुलसीपुर उपमहानगरमा चार सय ५४ जनाको परीक्षण गर्दा ७२ तथा घोराही उपमहानगरपालिकामा चार सय ५२ जनाको परीक्षण गर्दा ३७ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो । लमही नगरपालिकामा चार सय १६ जनाको परीक्षण गर्दा ४८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।
राप्तीमा चार सय १८ जनाको परीक्षण गर्दा ५४, गढवामा चार सय २१ जनाको परीक्षण गर्दा ४१, राजपुर गाउँपालिकामा एक सय तीन जनाको परिक्षण गर्दा १० तथा दंगीशरणमा चार सय पाँच जनाको परिक्षण गर्दा ६६ जनामा सिकलसेल एनिमिया पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
माघ २३ गतेदेखि पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
कात्तिक २९, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार