पाकिस्तानमा बस दुर्घटनामा हुँदा १३ जनाको मृत्यु
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार ११:२७:७
४ असार, इस्लामबाद । पाकिस्तानमा सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटना इस्लामाबाद–लाहोर राजमार्गमा भएको हो । दुर्घटनामा ३२ जना घाइते भएका छन् । जसमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो रु भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर, लगातारको वर्षाका कारण बस चिप्लिएर अर्को लेनमा गएको अनुमान गरिएको छ ।
पाकिस्तानको समाचार वेबसाइट ‘एक्सप्रेस ट्रिब्यून’ का अनुसार दुर्घटना कल्ला कहर क्षेत्रमा भएको हो । सो दुर्घटना हुँदा त्यहाँ पानी परिरहेको थियो । तीव्र गतिमा गुडेको सो बसले अर्को लेनमा गएर डिभाइडर पनि भत्काउँदै पल्टिएको थियो ।
पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ । ३२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । जसमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले बस चालक र चालक विरुद्ध मुद्दा दर्ता गरेको छ ।
निजी कम्पनीको यो बसले दुर्घटना भएको रुटको इजाजत समेत नलिएको केही सञ्चारमाध्यममा उल्लेख गरेका छन । यस बाहेक फिटनेस सर्टिफिकेट पनि थिएन। त्यसैले बसमा नै केही समस्या भएको अनुमान गरिएको छ ।
गत फागुनमा पनि सोही क्षेत्रमा ठूलो सडक दुर्घटना भएको थियो । त्यसपछि दुई वटा कार ठोकिए र दुवै नजिकैको खाल्डोमा खसेका थिए । यस घटनामा १४ जनाको मृत्यु भएको थियो। उनीहरु सबै बिहे गरेर फर्केका थिए । प्रधानमन्त्री शाहबाज सरिफले आइतबार भएको सो दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
दाङमा बाक्लो हुस्सु
मंसिर २७, २०८१ बिहिबार
हिमपहिरोले बनाएको पोखरी
मंसिर २७, २०८१ बिहिबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार