पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको सेनाको हेलिकप्टरबाट गरियाे उद्धार
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १३:४:२१
४ असार, काठमाडौं । अविरल वर्षाको कारण पाँचथर जिल्लाको याङवारक १ फेदी स्थित पहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्दार गरी च्याङथापु स्थित विष्णु मा।वि। मा ल्याइएको नेपाली सेना पूर्वी पृतनाले जनाएको छ ।
विपतमा फसेको समयदेखि नै उक्त स्थानमा ईप्रका च्याङथापुबाट प्रनानि भिमराज थेबेको कमान्डमा प्रहरी टोली खटिएको थियो । उद्धार गरिएकाहरुमा याङबरक १ का नरमाया गुरुङ, सन्दीप गुरुङ, हिमा गुरुङ, कृष्ण गुरुङ, जितमाया गुरुङ, काजी गुरुङ, सुनिता गुरुङ, मनकुमारी गुरुङ, सुष्मा गुरुङ पदमबहादुर गुरुङ र मनमाया खालिङ रहेका छन् ।
उनीहरुलाई फेदी गाउँबाट स्थानीय च्याङथापु बजारमा स्थानान्तरण गरिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए ।
यस्तै, हेंवा बाढीका कारण शनिबार मध्यरातदेखि हराइरहेकी हिलिहाङ गाउँपालिका ७ माझीटारकी एलिशा गुरुङको शव भेटिएको छ । उनको शव धनकुटाको ५ छथरजोरपाटीस्थित तमोर नदीको किनारमा फेला परेको हो । पाँचथरको बाढीपहिरोमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार