संसदमा प्रश्नः ‘विद्युत प्राधिकरण उत्तरदायी जनताप्रति कि विदेशीप्रति ?’
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १३:१९:१४
४ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले नेपाल विद्युत प्राधिकरणको कामकारवाही र कार्यशैलीमाथि प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक उर्जा मन्त्रालयमाथि आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै सांसद साहले प्राधिकरण नेपाली जनताभन्दा विदेशी दलालहरुप्रति बढी उत्तरदायी बनेको आरोप लगाएका छन् ।
अर्थमन्त्रालयले ऊर्जा मन्त्राललय मातहतका निकाय प्राधिकरणका लागि एकमुष्ट रुपमा बजेट छुट्याएर नीतिगत भ्रष्टाचार गरेको बताए । प्राधिकरणका लागि शीर्षक र ठाउँ तोकेर बजेट विनियोज गरिनुपर्ने उनको धारणा छ ।
‘प्राधिकरणले कहाँ, कति, कसरी र कुन आधारमा प्रसारण लाइन, शव स्टेशन निर्माण भइरहेको छ भन्ने कुरा सांसदले हेर्न, अवलोकन गर्न पाइँदैन ? देशभित्र बिजुली उत्पादन के कसरी कहा भइरहेको छ भन्ने कुरा थाहा पाउन नहुने ?’ उनको प्रश्न छ, ‘सांसदले हेर्न, देख्न नहुने भनेकै नीगित भ्रष्टाचार हो । कमिशन खाएर उद्योगपति र दलालाई बिजुली दिने चर्को गर्मीमा रहेका जनतालाई फ्यान चल्ने बिजुली दिन मान्दैन, किन ?’ प्राधिकरणलाई छुट्याइएको बजेट रेडबुकमा आउनुपर्ने बताए ।
उनले सरकारले प्राकृतिक नदी, खोला विदेशी दलालहरुलाई कब्जा लिन दिने अनि राष्ट्रभक्तिको फोस्रो भक्तिगान गएको भन्दै उक्त काम रोक्न माग गरे । उनले वर्षातको बेला तराईमा सीमा क्षेत्रमा भारतले बाँध बाधेर तराईका बस्ती डुबाउने काम गरिरहेको भन्दै नेपालले आफ्नोतिरका भूभागमा बलियो बाँध बनाउनुपर्नेमा जोड दिए । हामीभन्दा तल रहेका भारतले बाँध बाँधेको विषयमा विरोध गरेर अर्थ छैन, हामी पनि बाँध बाँधेर बस्तीलाई सुरक्षित बनाउनुपर्छ’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार