प्रधानमन्त्री प्रचण्ड बाढी पहिरो प्रभावित क्षेत्र संखुवासभा गएपछि मोर्चा घोषणा अपरान्ह ४ बजे हुने
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १३:१९:३५
४ असार, काठमाडौं । समाजवादी मोर्चा घोषणको समय सारिएको छ। समाजवादी मोर्चाको घोषणा सोमबार अपरान्ह ४ बजे हुने भएको छ। त्यसका लागि राष्ट्रियसभा गृहमा घोषणा सभा आयोजना गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आठजनाको ज्यान जाने गरी आएको पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण निस्किएपछि मोर्चाको घोषणा अपराह्न ४ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि दिउँसो ३ बजे नै मोर्चा घोषणा गर्ने कार्यक्रम तय गरिएको थियो। स्थान भने भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह नै तोकिएको छ। आज घोषणा हुने समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी 'जसपा', नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध हुँदै छन्।
उनीहरूले मोर्चा घोषणाको कार्यक्रमलाई ‘ऐतिहासिक घोषणा सभा’ भनेका छन्। उक्त मोर्चामा डा। बाबुराम भट्टराईलाई पनि समेट्ने प्रयास भइरहेको बताइएको छ। सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठन गर्न लागिएको नेताहरुले बताएका छन्।
चार दलका शीर्ष नेता छलफलमा जुट्नु अगाडि दोस्रो तहका नेताहरुबीच पनि बिहान छलफल भएको थियो। कार्यदलले मोर्चाको अवधारणापत्रको मस्यौदा तयार पारेको छ। यसलाई अन्तिम रूप दिन आज बैठक बोलाइएको थियो।
असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भनेपनि आन्तरिक तयारी नपुगेको भन्दै मोर्चा घोषणा हुन सकेको थिएन। समाजवादी मोर्चा बने २७५ सदस्यीय प्रतिनिधि सभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति निर्माण हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार