दुग्ध किसानलाई ४७ लाख बढी अनुदान रकम वितरण
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १३:२०:५४
४ असार, झापा । झापाको मेचीनगर–१२ धाइजनमा रहेको रीतिका डेरी उद्योगले दूध उत्पादन गर्दै आएका झापा र इलामका किसानलाई रू ४७ लाख १८ हजार अनुदान रकम वितरण गरेको छ ।
दूध उत्पादन गरी डेरीलाई बिक्री गर्दै आएका किसानलाई व्यवसायिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले प्रतिलिटर रू चारका दरले तीन हजार छ सय घरधुरीलाई छ महिनालागि अनुदान वितरण गरिएको उद्योगका सञ्चालक राजन चिमरियाले जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेश सरकार अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानका लागि प्रति लिटर रू दुई अनुदान उपलब्ध गराएकामा उद्योगका तर्फबाट रू दुई थप गरी प्रति लिटर रू चार अनुदान वितरण गरिएको छ ।
उद्योगले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा ग्रामीण किसान, सहकारी संस्था, चिस्यान केन्द्र, गाईफार्म र दुग्ध उत्पादन समूहबाट २४ लाख लिटर दूध सङ्कलन गरेको जनाएको छ ।
“चालु आवको साउनदेखि पुससम्मका लागि अनुदान वितरण गरेका छौंँ,” चिमरियाले भने, “जेठ महिनाको दूध सङ्कलन अभिलेख अद्यावधिककार्य सकिनासाथ यसै महिनामा थप छ महिनाको अनुदानसमेत किसानको हातमा पुर्याउँछौंँ ।”
दैनिक ३० हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको रीतिका डेरी उद्योगले झापा र इलामका किसानबाट दुध खरिद गर्दछ । सङ्कलित दूधलाई अत्याधुनिक प्रविधिमार्फत प्रशोधन गरी झापा, इलाम, सुनसरी, मोरङलगायत कोशी प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्दै आएको छ ।
मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले किसानले उत्पादन गर्ने दूधको आधारमा अनुदान दिँदा वास्तविक किसान लाभान्वित भएको बताए । उनले किसानको हितमा कुनै कार्यक्रम नआएको बेला गोठगोठमै पुगेर साना किसानलाई अनुदान वितरण गर्नु उदाहरणीय कार्य भएको बताए ।
दुग्ध उत्पादनमा क्रियाशील किसानलाई व्यवसायी बनाउँदै थप उत्पादनका लागि प्रोत्साहन स्वरूप कोशी प्रदेश सरकारले चालू आवमा किसानका लागि अनुदान कार्यक्रम ल्याएको हो ।
प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापामार्फत दूध उत्पादक किसानको विवरण प्रमाणित गरेपछि अनुदान रकम निकासा गरिएको पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिए ।
उनका अनुसार जिल्लामा धेरै डेरी उद्योग सञ्चालनमा भए पनि रीतिका डेरी उद्योगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापा र कोशी प्रदेश सरकारसँग समन्वय गरेर किसानलाई अनुदान वितरण गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।
दूध उत्पादक किसान योगेन्द्र खनालले गाई पालेर दूध बेच्दा पनि यसरी अनुदान पाइन्छ भन्ने कुरा किसानको कल्पना बाहिरको विषय भएको जनाउँदै निर्वाहमुखी पशुपालन गर्दै आएका आम किसान हातहातै अनुदान पाउँदा व्यावसायिकतातर्फ अग्रसर बन्ने धारणा व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार