रामपुर अस्पताललाई डायलासियस मेसिन हस्तान्तरण
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १३:५७:५७
४ असार, रामपुर । रामपुर अस्पताललाई डायलासियस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट अस्पताललाई पाँचवटा डायलासियस मेसिन प्रदान गरिएको हो ।
पचास शय्याको अस्पताल रहेको यस अस्पतालको आवश्यकतालाई दृष्टिगत गर्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले पाँचवटा डायलासियस मेसिन र एकसेट आरओ प्लान्टसहित रु अठहत्तर लाख ७३ हजार पाँच सय ९९ बराबरको सामग्री प्रदान गरेको छ ।
महाशाखाको कार्यालय टेकु काठमाडौँबाट महाशाखा प्रमुख डा सर्वेश शर्माले आइतबार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल र मेडिकल सुपरिटेन्डेण्ट डा विजय परियारलाई हस्तान्तरण गरे ।
पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) का बासिन्दाले सेवा लिने ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल रहेको छ । कालीगण्डकी करिडोरसँग जोडिएकाले पछिल्लो समय यस अस्पतालमा बिरामीको चाप बढ्दो छ । बिरामीलाई स्वास्थ्योपचारमा सहज सेवा दिन र डायलासिस गर्ने बिरामीलाई रामपुर अस्पतालबाटै सेवा उपलब्ध गराउन मागका आधारमा सामग्री उपलब्ध भएको अस्पताल विकास समितिका अध्यक्ष ढकाल बताउछन् ।
रामपुरमा नै डायलासिसको सुविधा नहुँदा बिरामीले चितवनको भरतपुर, बुटवल, पोखरा, काठमाडौँ लगायतका सहरमा पुगेर सेवा लिँदै आइरहेका थिए । कतिपय सो ठाउँमा पुगेर सेवा लिन आर्थिक अभावमा नसकेर घरमै रोग पालेर बस्न बाध्य थिए । कालीगण्डकी करिडोरले ठूला सहरसँग जोडेको रामपुर प्रमुख नाकाको केन्द्र भागका रुपमा विकास हुँदै गएको अवस्थामा रामपुर अस्पतालमा बिरामीको चाप दैनिक बढ्दै गएको हुँदा यस अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गरिनुपर्ने नगर प्रमुख थापा बताउछन् ।
“अस्पतालको सेवा क्षेत्र ठूलो रहेको हुँदा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनेछौँ, अस्पतालमा थप आवश्यकपर्ने उपकरण तथा सामग्री व्यवस्थापनमा नगर सरकारले सहयोग गर्नेछ”, उनले भने । हाल यस अस्पतालमा दैनिक तीन सय ५० भन्दा बढी बिरामीले सेवा लिँदै आइरहेका छन् । अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई सेवा सञ्चालन भएपछि भौतिक पूर्वाधारमा समस्या छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
पर्यटकीय गन्तव्य बन्दै ज्यामरुककोट
जेठ १४, २०८१ सोमबार
वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै
जेठ १४, २०८१ सोमबार
नारायणगढ–मुग्लिन सडक : चार सवारी साधन एकापसमा ठोक्किदा १ जनाको मृत्यु, २२ घाइते
जेठ १४, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १४, २०८१ सोमबार
कोलकाताले जित्यो आईपीएलको उपाधि
जेठ १४, २०८१ सोमबार