ईपीजीको रिपोर्ट नबुझेकामा सरकारलाई सांसदहरुको प्रश्न
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १४:१८:४
४ असार, काठमाडौं । नेपाल–भारतबीचको सहमतिमा दुवै देशका विज्ञ समुह (ईपीजी)को टोलीले दुई वर्ष लगाएर अध्ययन सकेर तयार पारेको रिपोर्ट (प्रतिवेदन) नबुझेका सांसदहरुले सरकारलाई प्रश्न गरेका छन् ।
दुवै देशका विज्ञहरुले धेरै पहिले तयार पारेको उक्त प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझेका छैनन् ।
प्रतिवेदनमा नेपाल-भारतबीचको सम्बन्धमा उचाईमा पुर्याउन सन् १८१६ को सुगौली सन्धिदेखिका सन्धि सम्झौता समयानुकूल पुनरावलोकन गरिनुपर्ने लगायत सुझाव दिइएको भनिएको उक्त प्रतिवेदन सुरुमा भारतका प्रधानमन्त्रीले बुझ्नुपर्ने दाबी रहेको बताइन्छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे मतलब नै राखेका छैनन् ।
हालै भएको प्रधानमन्त्रीको भारत भ्रमणका यो विषय उठाउन सुझाव दिएपनि बेवास्ता गरेको सोमबार जारी प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गुनासो गरेका छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले परराष्ट्र मन्त्रालयको विनियोजन विधेयकमाथि धारणा राख्दै ईपीजी रिपोर्ट बुझ्नेसम्बन्धी तयारी तत्काल सुरु गर्न आग्रह गरे ।
सांसद सुमना श्रेष्ठ, रघुवीर महासेठ लगायतले ईपीजी प्रतिवेदन नेपालका प्रधानमन्त्रीले भएपनि बुझेर अध्ययन गर्नुपर्ने बताए । सांसद राजेन्द्र लिङदेनले सरकारले परराष्ट्र नीतिको मर्म र इज्जत गर्न नसकेको भन्दै विदेशीले हेप्ने अवस्था आएको बताए । परराष्ट्र नीति र कुटनीति गेरु वस्त्रै स्वाह भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार