बाढीपहिरोको अवलोकन गर्न संखुवासभाको तुम्लिङटार पुगे प्रधानमन्त्री प्रचण्ड, आजै काठमाडौं फर्किने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १४:३७:३४
४ असार, काठमाडौं । पूर्वी पहाडमा बाढीपहिरोको निरीक्षण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' संखुवासभाको तुम्लिङटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम छ ।
अबिरल बर्षापछि आठजनाको ज्यान जाने गरी आएको पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री प्रचण्डसहित जिल्लाका जनप्रतिनिधिहरुसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत् प्रभावित क्षेत्र पुगेका हुन ।
प्रधानमन्त्री प्रचण्डसँगै अवलोकनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु योगेश भट्टराई, बसन्त नेङ्वाङ, दिपक खड्का, राजेन्द्र कार्की (कोशी प्रदेशसभा) बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुले प्रभावित क्षेत्रको अवलोकन गर्नेछन् । साथै सो टोलीमा नेपाली सेनाका प्रधानसेनापति, गृह मन्त्रालयका बिपत हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत हेर्ने अधिकृत पनि सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दारको काम जारी छ । बाढी र पहिरोमा फसेकालाई उद्दार गरिएको छ भने सोमबार नै भौतिक पूर्वाधार मन्त्रालयद्वारा केन्द्रीय सडक संजालबाट अलगावमा परेका पाचथर र ताप्लेजुङलाई जोड्न बेलिबृजको सामान प्रभावित क्षेत्रमा पठाइएको सचिवालयले जनाएको छ ।
गत शनिबारयता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका हुन् ।
संखुवासभामा १८ जना बेपत्ता छन् । पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ भने मेची राजमार्ग अवरुद्ध भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार