सत्तारुढ सांसद पाण्डेद्वारा बजेटको विरोध, एउटै शिक्षकले देशभरका विद्यार्थीलाई पढाउन सकिने व्यवस्था गर्न माग
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १४:५७:३९
४ असार, काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डले बजेटको चर्को विरोध गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा ऊर्जा, संचार र परराष्ट्र मन्त्रालयमाथि आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट विनियोजन विधेयकमाथि छलफल गर्दै विनियोजित बजेटप्रति चरम असन्तुष्टी व्यक्त गरेका छन् ।
उनले सरकारले बजेट बेवारिसे तरिकाबाट ल्याएको भन्दै आफू लगायत सांसदहरुले समर्थन नगर्ने सल्लाह भएको बताए । उनले धादिङमा आफूले भन्दै नभनेको क्षेत्र र शीर्षकमा कनिका आकारमा बजेट छरेर जनताको अपमान गरेको बताए ।
‘आफूले भनेको कुनैपनि क्षेत्रमा बजेट परेन, अन्यत्र कनिकासरह बजेट हालेका छन्, त्यो बजेट कसले भनेर हालिएको हो ? मन्त्रीज्यू जवाफ चाहियो’ उनले भने, ‘यही अवस्थामा बजेटको समर्थन म चाहिं गर्न सक्दिनँ ।’
उनले बुढीगण्डकी जलविद्युत आयोजनामा बजेट कटौती गरेको भन्दै आपत्ति जनाए छ । आयोजनाको बजेट कटौती नगर्न र आयोजनामा मुअब्जा दिने काम यसै आवमा टुंग्याउनुपर्ने बताए ।
साथै सांसद पाण्डेले अबको १० वर्षमा नेपालमै १० हजार मेगावाट बिजुली आवश्यक पर्ने बताउँदै त्यसका अतिरिक्त भारत र बंगलादेशमा पनि निर्यात गर्ने गरी बिजुली उत्पादनमा सरकार लाग्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
सत्र सयको श्रमदानः मल्पी–लिलावती सिँचाइ कुलो पुनःनिर्माण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार