विद्युत नीति भारत र चीन दुवैतिर बिक्री गर्ने हुनुपर्छ : रघुजी पन्त
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १५:४५:३६
४ असार, काठमाडौं । नेकपा (एमाले(का सांसद रघुजी पन्तले नेपालले भारत र चीन दुवैतर्फ बिजुली बिक्री गर्ने नीति लिनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संचार, परराष्ट्र र ऊर्जा मन्त्रालयमा विनियोजित बजेट शीर्षकमाथि छलफलमा भाग लिँदै सांसद पन्तले सरकारले भारतमा बिजुली बिक्री गर्ने जस्तो नीति लिएको भन्दै असन्तोष व्यक्त गरे ।
‘नेपालले आफ्नो देशमा उत्पादित बिजुली कुनैपनि देशलाई बिक्री गर्न स्वतन्त्र छ, तर भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले वार्षिक रुपमा १० हजार मेगावाट बिजुली बिक्री गर्ने कुरा भयो भनेर प्रचार गरिएको छ,’ उनले भने, ‘तर अन्य छिमेकी मुलुक चीनसँगको सम्बन्ध र व्यापारलाई बिर्सने काम भए भोलिका दिनमा भारतले किन्दिनँ भन्यो भने हाम्रो हालत केह हुन्छ ?, त्यसकारण भारतले नेपालमा चीन नआओस् भन्ने चाहन्छ भने त्यो स्वीकार्य हुँदैन ।’
देशभित्र उपभोग पुगेपछि मात्र बिजुली निर्यात गरिनुपर्नेमा उनको जोड थियो । परराष्ट्र नीतिलाई सरकारले आफ्नो दलको स्वार्थमा प्रयोग नगर्न सचेत गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार