शेयरबजार सामान्य अंकले ओरालो, ६ कम्पनीमा सकारात्मक सर्किट
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १५:५३:११
४ असार, काठमाडौं । शेयरबजारमा सोमबार झिनो अंकले ओरालो लागेको छ । सोमबार नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ । ४ अर्ब ७४ करोड रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । लगातार ९ दिन बढेपछि नेप्सेमा सोमबार सामान्य करेक्सन आएको हो ।
त्यसो त नेप्सेले सोमबार इन्ट्रा डेमा २१ सय विन्दुको मनोवैज्ञानिक रेखा क्रस गर्न सफल भयो । बजार खुल्ने बित्तिकै सूचक २१ सय विन्दुमाथि पुगेको थियो । तर, यसरी बजारले माथिल्लो विन्दु तय गर्नेबित्तिकै ट्रेडरहरु हावी भइहाले । उनीहरुले प्रोफिट बुक गर्न लाग्दा फेरि सूचकले केही दबाबको सामना गर्नुपर्यो । फलस्वरुपः नेप्से सूचक पुनः २१ सय विन्दुभन्दा तल झर्यो ।
समग्रमा सोमबार दिनभर सूचक उतारचढाव भइरह्यो । एकातिर क्रेताहरु हावी हुँदा बजार माथितिर जाने पटकपटक पहल गर्यो । फेरि, त्यही बेला नाफा बुक गर्न चाहने अल्पकालीन कारोबारीहरु पनि उत्तिकै सक्रिय रहे । यसरी कारोबार अवधि भर क्रेता र बिक्रेताबीच राम्रैसँग घम्साघम्सी चलेको देख्न सकिन्थ्यो ।
तर, समग्रमा हेर्ने हो भने पछिल्ला दिनहरुमा शेयरबजारमा सकारात्मक माहोल बनिरहेको छ । अहिलेको बजारको सबल पक्ष भनेको सूचक मात्र नभइ कारोबार रकमले पनि तेजी लिनु हो । सोमबार २७६ कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड ८२ लाख रूपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट अग्रस्थानमा आएको छ । यसै गरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र सोल्टी होटल परेका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
राजदूत सोङ ड्रागनको सिङमा पेन्ट गर्दै
पुष १४, २०८१ आइतबार
लक्ष्मी चण्डी मुरारका विद्यार्थी आन्दोलित
पुष १४, २०८१ आइतबार
अदुवा प्रशोधन गर्नका लागि तयारी थाल्दै
पुष १४, २०८१ आइतबार
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
पुष १४, २०८१ आइतबार
आन्तरिक तथा बाह्य पर्यटक बोट रेस हेर्दै
पुष १४, २०८१ आइतबार
सभामुखद्वारा झापाका हर्कराज राईलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस
पुष १४, २०८१ आइतबार