बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ : प्रधानमन्त्री
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १६:३०:३५
४ असार, काठमाडौं । बाढी–पहिरो क्षेत्र कोशी प्रदेशको संखुवासभा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरो प्रभावित जिल्लामा उद्धार, राहत र घाइतेको उपचार तीव्र गतिमा भइरहेको बताएका छन् ।
सोमबार नेपाली सेनाको हेलिकप्टरबाट गृह, भौतिक पूर्वाधारमन्त्रीसहित टोली लिएर बाढी प्रभावित जिल्ला संखुवासभाको तुम्लिङटारमा पुगेका प्रधानमन्त्री प्रचण्डले राहत, उद्धारका कार्य युद्धस्तरमा भइरहेको बताए ।
प्रधानमन्त्री दाहालले बाढीपहिरो प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाउने, बाढीले बगाएका पक्की पुलमा बेलिब्रिज बनाउने कार्य भइरहेको बताए । उनले सुरक्षा निकायले तयार पारेको बाढी पहिरो प्रभावित क्षेत्रको श्रव्यदृष्यमार्फत जानकारी लिएका थिए । अहिले प्रभावित जिल्ला संखुवासभा, ताप्लेजुङ, पाँचथर, धनकुटा लगायतबाट क्षतिको विवरण संकलनको काम भइरहेको बताए ।
उनले दुई वर्षपहिले सिन्धुपाल्चोकको मेलम्ची बाढीले जस्तै अपत्याशित र असोचनीय क्षति पुर्याएको पाइएको बताए ।
अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभा, ताप्लेजुङ, पाँचथरमा गरी ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।
संखुवासभा–ताप्लेजुङ सीमा खोला हेवामा निर्माणधीन हाइड्रो पावरमा कार्यरत एक जना मजदुरको मृत्यु भएको भन्दा १८ जना बेपत्ता छन् । १२ जनाको आज बिहान सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । अति प्रभावित ३ जिल्लामा सडक, पुलतर्फ ५० करोडभन्दा बढी मूल्यबराबरको क्षति पुगेको भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।
तुम्लिङटारबाट प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरतर्फ उडेका उनी मौसम प्रतिकुलताका कारण विराटनगर अवतरण गरेका थिए । उनी त्यहीबाट काठमाडौं फर्किएका छन् । अहिले उनको नेतृत्वमा गठित समाजवादी मोर्चा घोषणा कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार