मौद्रिक नीतिका लागि शेयर लगानीकर्ताको सुझावः मार्जिन ट्रेडिङमा संशोधन गर्नुपर्ने
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १८:२:५८
४ असार, काठमाडौं । शेयर लगानीकर्ताहरुको एक टोलीले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीसँँग भेट गरी विभिन्न बुँदामा सुझाव दिएको छ । सांसद हरि ढकालसहित लगानीकर्ताहरुको टोलीले सोमबार गभर्नर अधिकारीलाई भेटी ८ बुँदे सुझाव पेस गरेको हो ।
टोलीले अन्तर्राष्ट्रिय अभ्यासअनुरुप नेपालको पूँजी बजारलाई दीर्घकालीन रुपमा चलायमान बनाउन शेयर दलालमार्फत नै लगानीकर्ताले शेयर किन्ने व्यवस्थाका लागि सुझाव दिएका छन् । व्यवस्थाका लागि नेप्सेको मार्जिन ट्रेडिङ कार्यविधि अन्तर्गत परिचालन हुने गरी राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गर्नुपर्ने सुझाव दिइएको छ ।
कर्जा मार्जिन ट्रेडिङमा रहेको व्यवस्था संशोधन गर्न सुझायव दिइएको छ । ‘शेयर दलालहरुलाई स्थायीरुपमा मार्जिन ट्रेडिङ सुविधा प्रदान गर्न आवश्यक पर्ने वित्तीय स्रोत उपलब्ध गराउनसक्ने खालको गैरबैंकिङ बित्तीय संस्था स्थापनाका लागि राष्ट्र बैंकले नीतिगत ब्यवस्था गरी तत्कालै कार्यान्वयनमा ल्याउनुपर्ने’ सुझावको बुँदा नं. २ मा भनिएको छ ।
साथै उनीहरुले आर्थिक विधेयकको बुँदा नं. २६ र २७ ले बैंकका लगानीकर्तामा अप्ठ्यारो पारेको भन्दै त्यसलाई हटाउन राष्ट्र बैंकले पहल गर्न ध्यानाकर्षण समेत गराएका छन् ।
राष्ट्र बैकले केही दिनपहिले मात्र निकट भविष्यमा गरिने मौद्रिक नीतिको समीक्षाका लागि सुझाव माग गरेको थियो । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथि संसदमा छलफल भइरहेको छ । छलफल सकेर पारित भएर कार्यान्वयनमा लगेसँगै भएपछि राष्ट्र बैैंकले मौद्रिक नीति ल्याउने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार