सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १८:४५:३
•मुकेशकुमार यादव
३ असार, सिराहा । पछिल्ला दिनहरुमा सिराहा तस्करीको उर्वर भूमिको रुपमा चिनिन थालेको छ। जिल्लाको पूर्वी नाका ठाडी भन्सारका कर्मचारी र प्रहरी प्रशासनको मिलेमतोमा ठूलो परिमाणमा भन्सार छलीका सामानहरू नेपाल भित्र्याएको पाइएको छ। ठाडी भन्सार कार्यालयबाट प्याजको भन्सार बुझाएर काठमाडौं लाँदै गरेको अवस्थामा मकवानपुरको रातमाटे चौकी चेकपोस्ट नजिकबाट एक करोड ५० लाखभन्दा बढी मूल्य बरावरको अवैध कपडा प्रहरीले बरामद गरेको छ।
ठाडी भन्सार कार्यालयबाट भगवानपुर गाउँपालिका-४ का लागि स्थानीय गोदावरी माता इन्टरनेशनल प्रालिले गत जेठ ३२ गते बीआर–०६ जीई ५०५३ नम्बरको मिनी ट्रकमा १५ हजार आठ सय ६३ केजी प्याजको एक लाख ९३ हजार सात सय ९२ रूपैयाँ भन्सार बुझाए पनि ट्रकभित्र थोरै मात्रामा प्याज लोड गरी एक करोडभन्दा बढीको अवैध कपडा लाँदै गरेको अवस्थामा मकवानपुर प्रहरीले पक्राउ गरेको हो । भगवानपुरको लागि ल्याएको भनिएको ट्रक प्रहरीले मकवानपुरबाट प्याजको बोराभित्र लुकाएर सुटको कपडा काठमाडौं लाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई राजश्व अनुसन्धान विभाग काठमाडौंलाई बुझाएको छ ।
भगवानपुरको लागि ल्याएको प्याज कसरी काठमाडौं गयो भन्ने विषयमा गोदावरी माता इन्टरनेशनलका सञ्चालक मनिसकुमार महतोले आफ्नो फर्म प्रयोग गरेर काठमाडौंका व्यवसायी भूपेन्द्र प्रधानले सामान लगेको बताए। सञ्चालक महतोले आफू लगानी गरेर ल्याउने भन्दा पनि सामान चाहिएकाहरुसँग समन्वय गरेर आफ्नो फर्म प्रयोग गरी सामान ल्याउने गरेको बताए। त्यसैले पनि आफूले सामान बिक्री गरेको विल नकाटेको उनले सुनाए। उनले भने, ‘मेरो फर्म मात्रै प्रयोग भएको हो। प्रधानले कसरी के ल्यायो मलाई थाहा छैन। मलाई प्याज ल्याएको भन्ने मात्र जानकारी छ।’
भन्सार कार्यालयबाट नजिकै रहेको बजार भगवनपुर लाने भनेर भन्सार काटिएको भएपनि सो ट्रक अवैध कपडा सहित मकवानपुरबाट बरामद भएको छ। चालकसँग भएको कागजातको आधारमा शंका लागि चेकजाँच गर्दा बोराभित्र कपडा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।
यता ठाडी भन्सार कार्यालयले प्याजसहितका फलफूल जन्य सामानहरू सबै पल्टाएर हेर्न नसक्ने भएकाले भित्र के रहेको भन्ने जानकारी नरहेको बताए। कार्यालयका वर्तमान निमित्त प्रमुख शिव कुशवाहले भने, ‘प्याज, फलफूल जस्ता सामग्री सबै निकालेर हेर्न नसकिने भएकाले दुईचार वटा बोरा खोलेर हेरियो, खासै त्यस्तो पाइएन।’
उनले भन्सार काटिएको ३० घण्टापछि हेटौंडाबाट सामान बरामद भएकाले बाटोमा हेरफेर भएको हुनसक्ने आशंका गरे। यस सम्बन्धमा सीमा सुरक्षाको जिम्मा लिएर भन्सार कार्यालयसँगै रहेका सशस्त्र प्रहरीका डीएसपी दिपेन्द्र थापाले भन्सार कर्मचारीले दिएको कागजको आधारमा आफूहरू मुख्य योजनाकारसम्म पुग्न नसकेको बताए।
तर, ठाडीबाट लाहान हुँदै धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारासहित पाँचवटा जिल्ला पार गरेर ट्रक मकवानपुर पुग्नुलाई आशंकाको दृष्टिले हेरिएको छ। स्थानीय एक व्यवसायीले नै भने, ‘सेटिङगविना यत्रो सामान पाँचवटा जिल्ला पार गरेर जानै सक्दैन, पुरै सेटिङमै सामान गएको हो।’
त्यसै गरी, गत वैशाख २७ गते सिराहाको लहान नगरपालिका-१ बाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको करिब ७३ लाख रूपैयाँ मूल्य बराबरको आयुर्वेदिक औषधिहरू बरामद गरेको थियो।
प्रहरीका अनुसार लहान ६ घर भई लाहान १ बस्ने रवीन्द्रकुमार साहको घरमा भन्सार छलेर भारतबाट ल्याईएका आयुर्वेदिक औषधिहरू राखिएको गोप्य सूचनाको आधारमा बरामद गरेको थियो।
प्रहरी टोलीले साह बस्दै आएको घरको बरन्डामा राखिएको विभिन्न स्वादका म्यांगो हर्ब्स ७७ कार्टुन, बुस्ट क्याप्सुल, लाइसोटोन, एसिकाल्म, बेक्टो, रुन्दती, फेरक्स आइरन, लाइसोटोन क्याप्सुलसहित ७४०४ प्याकेट, ७२ बोतल एसिकाल्म तथा प्रोटिन चकलेट २७ बट्टा बरामद गरेका थिए।
यो दुवै घटनाले सिराहामा तस्करी फस्टाएको पुष्टि हुने स्थानीयहरु बताउँछन्। प्रहरी र भन्सार कर्मचारीले देखाउन कै दिनभरी घरायसी सामान ल्याउने सर्वसाधारणको चेकजाँच गरे पनि सेटिङमा ठूला तस्करी हुने गरेको स्थानीयको आरोप छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्छः मुख्यमन्त्री सिंह
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार