नाफा कमाउने विकास बैंकमध्ये मुक्तिनाथ अग्रपंक्तिमा
पछ्याउदै गरिमा र शाईन रेसुंगा, सबैभन्दा कम कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १९:३:१४
४ असार, काठमाडौं । विकास बैंकहरुले बैशाख मसान्तसम्ममा ४ अर्ब २९ खुद मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ‘ग’ वर्गका इजाजत प्राप्त विकास बैंकहरुले १० महिनाको अवधिमा उक्त मुनाफा आर्जन गरेका हुन् ।
सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले आर्जन गरेको छ । मुक्तिनाथले १० महिनाको अवधिसम्मा ९५ करोड ७२ लाख खुद नाफा कमाएको छ । त्यसपछि ६९ करोड नाफा कमाउँदै गरिमा विकास बैंक दोस्रोमा परेको छ । साथै ६१ करोड ८३ लाख रुपैयाँ नाफा कमाएर शाईन रेसुंगा बैंक तेस्रोमा परेको छ ।
त्यस्तै, लुम्बिनी विकास बैंकले ४७ करोड ७७ लाख खुद कमाएको छ भने महालक्ष्मी विकास बैंकले ४५ करोड ५६ लाख खुद नाफा कमाएको छ ।
सबै भन्दा कम नाफा कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंकले जम्मा १ करोड १९ लाख खुद नाफा कमाएको छ । कर्णाली डेभलपमेन्ट बैंकले १ करोड १ करोड २६ लाख तथा कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ६६ लाख खुद नफा कमाएको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक , सिन्धु विकास बैंक र सालपा विकास बैंक भने घाटामा रहेका छन् । जस सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नोक्सानी सबैभन्दा धेरै २८ करोड ४५ लाख रहेको छ । त्यस्तै एक्सेलको खुद नोक्सानी ६ करोड ४९ लाख रहेको छ भने नारायणीको खुद नोक्सानी ३ करोड ६९ लाख रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखा
मंसिर १९, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार