काठमाडौंमा हल्का र कोशी प्रदेशमा भारी वर्षा
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार २१:४७:०
४ असार, काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसका कारण अहिले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
काठमाडौं उपत्यकामा अहिले हावा–हुरीसहित हल्का वर्षा भएको छ । रातिको समयमा पनि काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन-चट्याङ्गसहित वर्षा भएर यो सिस्टम अहिले क्रमशः देशको पूर्वी भेगतर्फ सरिरहेको छ ।
तुलनात्मक रुपमा बढी वर्षा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भइरहेको छ । साथसाथै कोशी प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानमा वर्षा भइरहेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
पुष १८, २०८१ बिहिबार
साढे ४ अंकले बढेर २५८६ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ६० करोडका शेयर किनबेच भए
पुष १८, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
न्यु अर्लिन्स आक्रमणप्रति विश्वव्यापी निन्दा र समवेदना
पुष १८, २०८१ बिहिबार