बाढी–पहिरोबाट १० जनाकाे मृत्यु, ५४ घर पूर्णरुपमा क्षतिग्रष्त : गृहमन्त्री
३९ घरपरिवारलाई स्थानान्तरण, प्रतिकुल मौसमका कारण पाँचथर र ताप्लेजुङ जान नसकिएको जानकारी
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १२:१०:५२
५ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शनिबार रातिदेखि पूर्वी क्षेत्रका विभिन्न जिल्लामा गएको बाढी र पहिरोबाट ५४ घरमा पूर्ण रुपमा क्षति पुगेको १० जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समायमा बोल्दै भारी वर्षाबाट पाँचथर, ताप्लेजुङ, संखुवासभा र झापामा गरी १० जनाको निधन भएको र २६ जना बेपत्ता रहेकाे साथै ५४ घरमा पूर्णरुपमा क्षति पुगेको जानकारी दिए ।
बाढीबाट संखुवासभाको हेवा खोलामा रहेको २ वटा मोटरेबल र २ वटा झोलुङगे पुल बगाएको र एउटा झोलुङगे पुलमा क्षति पुगेको बताए । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ का ३९ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिए ।
क्षतिको विवरण संकलन कार्य भइरहेको र घाइतेको उपचार, राहतको कार्य तीव्र गतिमा भइरहेको बताए । भौतिक पूर्वाधार मन्त्रालयले सडक र पुलतर्फ मात्र बाढी र पहिरोबाट ५० करोडबराबरको क्षति भएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
मंसिर २६, २०८१ बुधबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
पुष ५, २०८१ शुक्रबार