हेवा खोलामा धमाधम बेलीब्रीजको काम सुरु
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १५:१६:१८
५ असार, काठमाडौं । वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ । भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो ।
सोमबारदेखि धमाधम बेलीब्रीजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए । बेलीब्रिज निर्माण सामग्री निर्माण स्थलमा पुगिसकेको उनले जानकारी दिए । “केही दिनभित्रै यातायात पुनः सुरु हुन्छ”, पोखरेलले भने ।
आइतबारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । त्यहाँको यातायात आवागमन ठप्प हुँदा बेपत्ता नागरिकको खोजीमा समस्या भएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतीक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सीता गुरुङलगायतले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले चाँडो पुल बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार