सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका कानून मन्त्री सिंहको अवस्था चिन्ताजनक
सिकिस्त सबै घाइतेलाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियाे
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १६:२८:२
५ असार, काठमाडौं । मंगलबार दिउँसो सवारी दुर्घटनामा घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित ४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
घाइते मन्त्री सिंहसहित ४ जनाको अवस्था पनि गम्भीर रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् । उनीहरुलाई सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ । चिन्ताजनक अवस्थामा मन्त्री सिंहकी पत्नी अमृता सिंह, बुहारी नाता पर्ने जयादेवी सिंह, अंगरक्षक दिपक भण्डारी छन् । गाडाी चालक धर्मराज जोशीको अवस्था भने खतरामुक्त रहेको बताइन्छ ।
आज १ बजेर ४५ मिनेटमा बझाङको केदारस्यु गाउँपालिका–१ झारछडा स्थित जयपृथ्बी राजमार्गमा मन्त्री सवारी गाडी दुर्घटनामा परेको थियो ।
डडेल्धुराबाट चैनपुर बझाङतर्फ जाँदै गरेको सिंहसहित परिवारका सदस्य सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यु गाउँपालिका-१ झारछडास्थित जयपृथ्बी राजमार्गमा दुर्घटनामा परेकाे थियाे । गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । गाडी क्षतिग्रष्त भएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार