किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १८:२०:९
यज्ञप्रसाद भट्टराई
५ असार, झापा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघले कोशी प्रदेशलाई पुर्णता दिएको छ । लामो समयसम्म रिक्त रहेको नेपाल किसान महासंघको कोशी प्रदेश अध्यक्षमा नेपाल किसान महासंघ झापाका बर्तमान अध्यक्ष राजेन्द्र भट्टराईलाई मनोनयन गरिएको नेपाल किसान महासंघ केन्द्रीय कार्यालयले जनाएको छ ।
दमक निवासी भट्टराईले झापा जिल्लालाई आफ्नो कार्यथलो बनाई किसानका हकहितमा कृयाशिल रहेका छन् । नेपाली कांग्रेस पार्टीको हरेक गतिविधिमा श्रमजीवी किसानको सहभागीता हुनुपर्ने माग राख्दै किसान आन्दोलन चलाईरहेका नेता भट्टराईको एउटै कथन छ नेपाली कांग्रेस भनेकै किसान र मजदुरको पार्टी हो । नेपाली कांग्रेस बनाउने हरेक योजनामा ग्रामीण किसानलाई समेटेको हुनुपर्छ ।
स्थानीय सरकारसँग किसानका समस्याहरु तथा किसानका मागहरु तत्काल प्रस्तुत गरि तत्काल कार्यान्वयन गराउन सक्ने क्षमता भएका भट्टराईको सकृयतालाई मुल्यांकन गरेर नेपाल किसान महासंघ केन्द्रीय कार्यालयले भट्टराईलाई नेपाल किसान महासंघको कोशी प्रदेशको अध्यक्षमा मनोनयन गरेको हो ।
नेपाल किसान महासंघले कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईलाई नेपाल किसान महासंघको संगठन बिस्तार एवं आगामी कोशी प्रदेश र सम्पूर्ण जिल्लाका अधिवेशनहरु तोकिएको समयमा सम्पन्न गर्नेगरी कोशी प्रदेश तदर्थ कार्यसमितिको अध्यक्षमा मनोनयन गरिएको जनाएको छ । पत्रमा भनिएको छ तपाइँले केन्द्रले तोकिएकै समयमा केन्द्रसँग समन्वय गरि अधिवेशन गर्नु गराउनु भनी निर्देशन समेत दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार