पश्चिमा हतियारको बलमा क्रिमियालाई निशाना नबनाउन रूसद्वारा युक्रेनलाई चेतावनी
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १८:२३:५४
५ असार, एजेन्सी । युक्रेनी सेनाले रूस र क्रिमियाको प्रायद्वीपमा आक्रमण गर्न पश्चिमा सेनाले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गर्ने योजना बनाएको मंगलबार मस्कोले दाबी गरेको छ ।
“युक्रेनको सशस्त्र बलको नेतृत्वले क्रिमियालगायत रूसी भूभागमा हिमर्स र स्टॉर्म स्याडो क्षेप्यास्त्रबाट आक्रमण गर्ने योजना बनाएको छ,” रक्षामन्त्री सर्गेई शोइगुले सैन्य अधिकारीसँगको भेटमा भने ।
शोइगुले सन् २०१४ मा मस्कोले कब्जा गरेको रूसभित्र वा काला सागरको इलाकामा आक्रमण गर्न हतियारको प्रयोग गरिएमा त्यसको रूसले तीव्र प्रतिकार गर्ने चेतावनी दिएका छन्।
“विशेष सैन्य अभियानको क्षेत्र बाहिर यी क्षेप्यास्त्रहरूको प्रयोगको अर्थ संयुक्त राज्य अमेरिका र बेलायतको द्वन्द्वमा पूर्ण संलग्नता हुनेछ र बदलामा युक्रेनका निर्णायक केन्द्रहरूमा तत्काल आक्रमण हुनेछ,” शोइगुले भने ।
सन् २०२२ को फेब्रअरीमा रूसले युक्रेनमा सैनिक पठाएपछि कीभलाई समर्थन गर्न अन्तर्राष्ट्रिय गठबन्धन निर्माण गर्दै अमेरिकाले युक्रेनका लागि सैन्य समर्थनका लागि दबाब दिएको छ र दर्जनौं देशबाट सहयोग समन्वय गरेको छ । मस्कोले पश्चिमा देशहरूले युक्रेनलाई हतियार दिएर रूसविरुद्ध प्रत्यक्ष युद्ध गरेको आरोप लगाउँदै आएको छ ।
हालैका हप्ताहरूमा रूसका शहरहरू र क्रिमियाका रणनीतिक स्थानहरूमा ड्रोन आक्रमणहरू भएका छन्, तर कीभले घटनाहरूको जिम्मेवारी लिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
दाङमा बाक्लो हुस्सु
मंसिर २७, २०८१ बिहिबार
हिमपहिरोले बनाएको पोखरी
मंसिर २७, २०८१ बिहिबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार