बामपन्थी नेताहरुसँग चिनियाँहरुको भेटघाट, कांग्रेसलाई किन गरियो बहिष्कार ?
कुसुम सेञ्चुरी
असार ६, २०८० बुधबार १०:३८:२८
६ असार, काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर रहेका बेला नेपालमा विदेशी कुटनीतिज्ञ र सुरक्षा अधिकारीहरूको आउजाउ बढेको छ । गत साता देउवा सिंगापुर पुगेपछि यसै साता नेपालमा विदेशी कुटनीतिज्ञहरूको भ्रमण बढेको हो । देउवा उतै हुँदा नै चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू नेपाल आएर फर्केका छन् । उनीहरूले नेपालमा विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेर फर्केका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुखसहितकाे टोलीले राजनीतिक दलका नेताहरूसँग भेट गरेर फर्केका छन् ।
चिनियाँ नेतृ छु मिन सहितका चिनियाँ नेताहरूले आइतबार दिउँसो नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेट गरेको थियो । उनीहरूबीच शिष्टाचार भेटघाट भएको एमालेले जनाएको छ । उनीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूसँग पनि भेट गरेका छन् । प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार उनीहरूबीच राप्रपा केन्द्रीय कार्यालयमा भेट भएको हो । भेटमा नेपाल चीन सम्बन्ध, दुई पार्टी बीच सम्बन्ध विस्तार, भूराजनीतिक परिस्थिति लगायतका विविध विषयवस्तुमा छलफल भएको उनले बताए ।
तर चिनियाँहरुसँगकाे यस्तो दौडधुप किन भैरहेको छ भन्ने बारेमा कोही कसैले विश्लेषण गरेका छैनन् । कोभिड संक्रमण विस्तारै हटेपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू नेपाल आउन लागेका हुन् । नेपालमा बामपन्थीको नेतृत्वमा सरकार बनेपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूको भ्रमण हुने गरेको छ । आइतबार नै माओवादी केन्द्रका महासचिव देव गुरुङसँग साे टाेलीले भेटवार्ता गरेको थियो । माओवादीका महासचिव गुरुङ र पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र मिनको टोलीबीच विशेष वार्ता भएको हो । तर के कुराकानी भयो भन्ने बारेमा अझै प्रष्ट पारिएको छैन ।
अमेरिकी अधिकारीहरू काठमाडौँ उपत्यकाभित्र रहेका तिब्बती शरणार्थी शिविरमा पुगेर चीनका विरुद्धमा भड्काउने मन्तव्य दिँदा सरकारले आफूलाई केही थाहा नभएको स्वाङ पारेर बस्नु दुःख लाग्दो विषय भएको भन्दै चिनियाँहरुले पटक पटक नेपाली अधिकारीहरूसँग गुनासो गर्ने गरेका छन । एमसीसी पारित भएपछि यस्ता कार्यमा बढावा हुँदै गएको चीनको बुझाई छ । नेपाल भूराजनीतिक भुमरीमा फस्दै गएको र विदेशी क्रिडास्थल बन्नु चीनको सुरक्षा संवेदनशीलतामा मात्र नभएर नेपालकै सुरक्षा संवेदनशीलतामा आँच पुगेको बताइँदै आएको छ ।
यही सन्दर्भमा चिनियाँ लगानीमाथि नकारात्मक प्रभाव पार्ने केही कार्य सरकारले गरेको पनि चिनियाँ बुझाई रहेको छ । नेपालको पूर्ववर्ती सरकारले चिनियाँ कम्पनीलाई निर्माण गर्न दिएको बूढी गण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट खोसेर नेपाल आफैंले बनाउने निर्णय गर्यो । त्यसपछि पश्चिम सेती जलविद्युत परियोजना चिनियाँ कम्पनीबाट खोसेर भारतीय कम्पनीलाई दिने कुरा प्रधानमन्त्री तहबाटै भएको थियो । चिनियाँ लगानीमा बनेको जलविद्युत आयोजनाले उत्पादन गरेको बिजुली भारतले किन्दैन, त्यसकारण चिनियाँ कम्पनीलाई दिन सकिँदैन भनेर प्रधानमन्त्री तहबाट कुरा आएपछि लगानीको वातावरण बनाउन समेत चिनियाँ कम्युनिष्ट नेताहरू नेपाल आएको स्रोतले जनाएको छ ।
कुनै बेला चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपाल भ्रमण गर्दा बीआरआईका केही परियोजनामा हस्ताक्षर गर्ने एजेण्डा चीनले अगाडि सारेको थियो । अन्तिम अवस्थामा ती एजेन्डामा अहिले हस्ताक्षर गर्न नसकिने भन्दै तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्का पन्छिएपछि चीन एक हदसम्म चिढिएको थियो । एकातिर अनुदान चाहियो भनेर चीनसँग हात पसार्ने अर्कातिर चिनियाँ लगानीलाई निरूत्साहित गर्दै नयाँ परियोजनामा हस्ताक्षर गर्न आनाकानी गर्ने नेपालको दोधारे चरित्रले चीनलाई झुलाउने काम मात्र गरेको चिनियाँ अधिकारीहरूको दावी छ ।
नेपाल भएका साना ठूला दलहरुलाई भेटेका उनीहरूले समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि भेटेका छन्। शनिबार बिहान मिनको टोलीले पूर्वप्रधानमन्त्री भट्टराईको निवासमा पुगेर भेटेको भएपनि उनीहरुबीचको कुराकानीलाई पनि गोप्य राखिएको छ । तर चिनियाँ टोलीले नेपाली कांग्रेसका एक जनापनि नेताहरूसँग भेटघाट नगरी स्वदेश फर्केको छ । उनीहरूले कांग्रेसलाई किन भेट्न चाहेन भन्ने बारेमा केही खुलेको छैन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपचीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
वातावरण बिगार्ने असंवेदनशील कार्यको लागि भाजपा जिम्मेवार छ : राहुल गान्धी
मंसिर १०, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार