दिवंगत मन्त्री सिंहको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि रंगशालामा, सुदूरपश्चिम प्रदेशभर शोक बिदा
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार ११:२४:३०
६ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोकबिदा दिएको छ । मंगलबार बझाङमा कार दुर्घटनामा परी आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सो निधनमा प्रदेशका जिल्ला जिल्लामा शोकबिदा दिइएको हो ।
दुर्घटनामा मन्त्री सिंह, उनकी पत्नी अमृतादेवी र भाउजु जानकीको निधन भएको थियो । अर्का घाइते अंगरक्षक (पीएसओ) दीपक भण्डारी र चालक धर्मराज जोशी गम्भीर अवस्थामा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
स्व. सिंहको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा राखिएको छ । आजै अन्तिम दाहसंस्कार गरिनेछ । सिंहको शव भने कोहलपुरबाट धनगढी ल्याइएको हाे।
स्व. सिंहसहित ५ जना सवार सु. प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी धनगढीबाट बझाङ जादै गर्दा बझाङकाे केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना भएको थियो । सिंह मन्त्री नियुक्ति बनेका ३२ दिन मात्र पुगेका थिए ।
उपचारका क्रममा निधन भएका सिंहकी पत्नी अमृता र भाउजू जयादेवी शव अहिले जिल्ला अस्पताल बझाङमा राखिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार