पूर्वी क्षेत्रमा गएको बाढी-पहिरोले डेढ दर्जन बढी जलविद्युत् आयोजनामा क्षति
पुननिर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने, ऋणको समयावधि थप्न इप्पानको माग
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १२:१९:२७
६ असार, काठमाडौं । गएको शनिबार र आइतबार दुई दिन परेको अविरल वर्षापटि गएको बाढी र पहिराले पूर्वी नेपालमा मात्र १९ जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
माथिल्लो भागमा गएको पहिरोपछि उर्लिएको बाढीले संखुवासभा, ताप्लेजुङ र पाँचथरमा गरी ऊ संख्यामा जलविद्युत आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले जनाएको छ ।
बाढीबाट संखुवासभा र ताप्लेजुङको सीमा खोला हेवाखोलामा रहेका सबै आयोजनामा क्षति पुगेको छ । हेवासहित माया खोला, काबेली, इवा र इङ्गुवा खोला नदी बेसिनमा निर्माणाधीन तथा सञ्चालनमा रहेका १९ जलविद्युत आयोजनाहरुमा गम्भीर क्षति पुगेको छ । बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र माया खोला नदी बेसिनमा बनेका, अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट र सुपर हेवा खोला ५ मेगावाटमा क्षति पुगेको इपानले जनाएको छ ।
अपर पिलुवा खोला ४ मेगावाट, तल्लाे पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ३ मेगावाट, पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ०.९ मेगावाट, माया खोला १४.९ मेगावाट लगायतका आयोजनाहरूमा क्षति पुगेको छ । सुपर हेवा खोलामा कार्यरत १८ जना मजदूर र कर्मचारी बेपत्ता छन् । अहिलेसम्म ४ जना मृत फेला परेका छन् ।
त्यसैगरी ताप्लेजुङ र पाँचथर जिल्लामा इङ्गुवा, इवा, काबेली र हेवा खोला नदी बेसिनमा बनेका आयोजनाहरु इङ्गुवा खोला ९.७ मेगावाट, इवा खोला ९ मेगावाट, काबेली बी ९१.२५ मेगावाट, काबेली बी ९१ क्यासकेड १० मेगावाट, हेवा खोला ए १४.९ मेगावाट, हेवा खोला ५ मेगावाटमा समेत क्षति पुगेको छ ।
यस्तै, लोअर हेवा खोला २२.१ मेगावाट, सुपर काबेली क्यासकेड १२ मेगावाट, काबेली २१.९३ मेगावाट, सुपर काबेली खोला ए १३.५ मेगावाटका आयोजनामा बाढीले क्षति पुगेको छ । क्षति भएका आयोजनाहरुको पुनःनिर्माण कार्य गरी पुरानै अवस्थामा फर्काउन कम्तीमा पनि १ वर्ष समय लाग्ने देखिएकाले ऋणको समयावधि समेत थप्न इप्पानले माग गरेको छ ।
हेवा खोलामा रहेका ४ पक्की पुल, २ झोलुङगे पुल बगाएका छन् भने २ वटा झोलुङगे पुलमा क्षति पुगेको छ । सडक र पुलतर्फ ५० करोड रुपैयाँको क्षति पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । पक्की पुल बगाएकाे स्थानमा बेल ब्रिज बनाउने काम भइरहेकाे जनाएकाे छ ।
यस्तै, पाँचथर, ताप्लेजुङ, संखुवासभा र झापामा गरी १० जना नागरिकको मृत्यु भएको र २८ जना बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार